रामवनबाट २ वटा साईकल र १ जना मानिस सहित १५ क्युफिट सालको गोलिया बरामद्

541 Shares

पर्साको वीरगन्ज महानगरापालिका ३२ रामवनबाट काठ तस्करी गर्दै गरेको अवस्थामा साईकल मानिस र करिब १५ क्युविफिट काठ डिभिजन वन कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।दुईवटा साईकलमा करिब १५ क्युविफिट सालको काठ लोड गरेर तस्करी गर्दै गरेको अवस्थामा वीरगन्ज महानगरापालिका ३२ रामवनबाट बाराको जीतपुर सिमरा उपमहानगरपालिका ७ का अन्दाजी १८ वर्षिय सोचन रामलाई शसस्त्र प्रहरी र वन कार्यालयको संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय वीरगन्ज पर्साका डिभिजन वन अधिकृत एवम प्रमुख मन्जुर अहमद्ले जानकारी दिए ।
उनका अनुसार सबैया सव डिभिजन वन कार्यालय सोलखपुरका रेञ्जर भुपाल रोकायाको नेतृत्वमा शसस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सोलखपुरको संयुक्त गस्ती टोलीले मंगलबार राती करिब १२ बजे दुई वटा साईकलमा दुई जना मानिस सालको गोलिया लोड गरी रामवन तर्फबाट ल्याईरहेको अवस्थामा राम सहित दुई वटा साईकल र करिब १५ क्युविफिट काठ नियन्त्रणमा लिएको हो ।
वन र शसस्त्र प्रहरीको संयुक्त गस्ती टोलीलाई देखेपछि काठ तस्करीमा संग्लग्न रहेका उकजना फरार भएका र उनको खोजी गर्ने तथा  बरामद् काठ,साईकल र मानिसलाई आवश्ययक अनुसन्धानको लागि डिभिजन वन कार्यालय वीरगन्ज पर्सा पठाइएको सबैया सव डिभिजन वन कार्यालय सोलखपुरका प्रमुख रोकायाले जानकारी दिए ।

सम्बन्धित समाचार