लालबन्दी १७ बाट १० किलो गाँजा शसस्त्र प्रहरीको नियन्त्रणमा

450 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १७ स्थित फुलजोर खोला नजिकबाट गएराती  शसस्त्र प्रहरीले १० किलो प्रतिवन्धित लागू औषध गाँजा बरामद् गरेको छ ।प्रतिवन्धित लागू औषध गाँजा ओसार पसार भई रहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको शसस्त्र प्रहरीको टोलीले १० किलो प्रतिवन्धित लागू औषध गाँजा बरामद् गरेको प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प हरिवनका प्रमुख एवम शसस्त्र प्रहरी नायव उपरीक्षक आनन्द खनालले जानकारी दिए ।
उनका अनुसार प्रतिवन्धित लागू औषध गाँजा ओसारपसार हुदैछ भन्ने विशेष सूचनाका आधारमा खटिएको शसस्त्र प्रहरीको टोलीलाई देखेपछि मोटरसाईकलमा आएका मानिसहरु प्रतिवन्धित लागू औषध गाँजा फालेर भागेका थिए ।सर्लाहीको चुरे पाहाडी क्षेत्र र सिन्धुलीको मरिण तथा हरिहरपुरगढी क्षेत्रमा उत्पादन भएको  प्रतिवन्धित लागू औषध गाँजा सर्लाहीका विभिन्न भाग हुदै छिमेकी देश भारत प्रवेश गर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।नेपाल भारत खुल्ला सिमाना र छोटो बाटो भएकोले प्राय सर्लाहीको बाटो प्रतिवन्धित लागू औषध गाँजा ओसार पसारकर्ताहरुले प्रयोग गर्ने गरेका छन् भने प्रहरीले सुरक्षा व्यावस्थामा कडाइ गरेको जनाएको छ ।

सम्बन्धित समाचार