Close This

स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न नगर प्रमुख खड्काको आग्रह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-१ गते   २०२ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले नयाँ भेरियन्ट सहितको दोश्रो लहरको कोरोना भाईरस(कोभिड–१९) संक्रमण तिब्र रुपमा फैलिरहेको र त्यसले नेपालमा जन स्वास्थ्यमा सङ्कटकाल निम्त्याएको भन्दै आफ्नो गंभिर ध्यानाकर्षण भएको बताउनु भयो । कमलामाई खबर डटकमसंग कुरा गर्दै नगर प्रमुख खड्काले यस विषम अवस्थामा जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्न नगरपालिका बासीमा अपिल गर्नु भएको छ । नगर प्रमुख खड्काले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि राज्य संयन्त्रको कृयाशिलता मात्रै प्रयाप्त हुने देखिदैन,तसर्थ जनस्तरबाटै हामी सबैले उच्च सतर्कता अपनाउनु पर्ने बताउनु भयो ।
 उहाँले आफ्नो अपिलमा नयाँ भेरियन्ट सहितको दोश्रो लहरको कोभिड–१९ संक्रमण तिब्र रुपमा फैलिरहेको छ । संक्रमण फैलिएसंगै यसबाट धेरै मानिसहरु प्रभावित भएका छन्,भने संक्रमण नियन्त्रणतिर जाने भन्दा पनि तिब्र रुपमा फैलदै अवस्थामा छ । दिनप्रतिदिन कोरोना भाईरस समुदाय स्तरमानै फैलने क्रम बढ्दो छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि राज्य संयन्त्रको कृयाशिलता मात्रै प्रयाप्त हुने देखिदैन,तसर्थ जनस्तरबाटै हामी सबैले उच्च सतर्कता अपनाउदै कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोगी भुमिका निर्वाह गर्दै जनस्वास्थ्यमा पर्ने गम्भीर असर र ठूलो मानिवय क्षेती हुनबाट आफू बाच्न र अरुलाई बचाउन आग्रह गर्नु भयो ।
उहाँले आफ्नो अपिलमा हामी जहाँ छौ,त्यही सुरक्षित बसौँ, आवतजावत तत्काललाई पुर्ण रुपमा बन्द गरौँ, गाउँ घरमा पनि एकै स्थानमा भेला भइ नबसौ,आफ्नो घर र घरको सेरोफेरोमा सुरक्षित बसौ,अरुको घरमा आउने जाने नगरौँ,अनावश्यक काममा घर बाहिर ननिस्कौ,निस्कनै पर्ने भए नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पुर्ण पालना गरौँ,अनिवार्य मास्क लगाउ,भौतिक दुरि कायम गरौँ, निर्माणकार्य गर्दा मानवीय सवेदनसिलतालाई मध्यनजर गर्दै कोभिड–१९ संक्रमण फैलन सहयोग पुग्ने खालको कुनै पनि गतिविधि नगरौँ,कामदार आवतजावत तत्काललाई बन्द गरौँ,व्यापार व्यवसाय तत्काललाई बन्द गरौँ,अत्यावश्यक सामग्री बिक्री बितरणको लागि तोकिएको समयमा मात्रै स्वास्थ्य मापदण्डको पुर्ण पालना गरि बिक्रि बितरण गरौँ,कोभिड–१९ संग मिल्दोजुल्दो लक्षण देखा परेमा नगरपालिका,नजिकैको स्वास्थ्य संस्था र प्रहरी युनिटमा खवर गरौँ,शंकास्पदहरुको स्वाब संकलन भए पश्चात नतिजा नआए सम्म सुरक्षीत रुपमा होम क्वारेन्टाइनमा बसौ, डिसिसिएमसिले जारी गरेको आदेश तथा सूचनाहरुको पुर्ण पालना गरौँ,कोभिड–१९ संक्रमण नियन्त्रणमा क्रियासिल स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,कर्मचारी ,जनप्रतिनिधि तथा सामाजिक संघ संस्थाहरुलाई आवश्यक सहयोग गरौँ,कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि आम नागरिक र सबै क्षेत्रले सकेको सहयोग गरौँ भन्ने सन्देश प्रवाह गर्नु भएको छ । आफैँ स्वास्थ्य समस्या देखापरि आराम गरि रहनु भएको समयमा नगर प्रमुख खड्काले यस्तो बताउनु भएको हो । आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताउँदै नगरप्रमुख खड्काले मेरो स्वास्थ्यको बारेमा चिन्ता नलिन पनि आग्रह गर्दछु बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech