बागमतीमा नगर प्रमुख विरुद्धको अनसन तोडियो 

3.8k Shares

सर्लाहीको बागमती नगरपालिकामा गत बुधबारदेखि जारी आमरण अनसन तोडिएको छ । बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै सुरु भएको आमरण अनसन तोडिएको हो । 
नगर प्रमुखले पूरा गर्न सक्ने माग अबिलम्ब सम्बोधन गर्ने र माथिल्लो निकायबाट पूरा हुनुपर्ने माग सम्बन्धमा आवश्यक कार्बाहीका लागि तत्काल लेखिपठाउने भनी सहमति भएपछि अनसररतपौडेल परिवारले अन्सन तोडेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनु भयो । प्रजिअ पौडेलका अनुसार ‘सहमति भए पश्चात अनसनमा बसेका परिवारलाई पानी खुवाएर अनसन तोडाईएको छ भने आवश्यक कार्बाही प्रकृया पनि अबिलम्ब सूरु गरिने छ ।’
अनसनमा बसेका हरिकृष्ण पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पति शुद्धिकरण विभाग लगायतबाट नगर प्रमुख थापाको सम्पति तथा उनले गरेको अनियमितता विरुद्ध छानविनका लागि जिल्ला प्रशासन कार्यालयबाट तत्काल लेखि पठाउने र स्थानीय स्तरमा नगरपालिका कार्यालयबाटै सम्बोधन हुने मागलाई तत्काल सम्बोधन गर्ने सहमति भएपश्चात आफूहरुले अनसन तोडेको बताएका छन ।
मापदण्ड विपरित नगरपालिकाले अन्धाधुन्ध खनेको पोखरी, मापदण्ड विपरित बागमती नदी छेउमै सञ्चालन गरिएका क्रसरहरु लगायत बारेमा छानविन सूरु गर्नुपर्ने, सामाजिक सुरक्षा भत्तामा नगरपालिकाले वृद्धवृद्धा लगायत लक्षीत वर्गलाई दिएको झंझटिलो प्रकृया लगायतमा सुनुवाई हुनुपर्ने आफ्नो प्रमुख माग रहेको अनसनकारी पौडेलले बताएका छन  ।विभिन्न ७ बुँदे माग राख्दै बुधबार बिहान १० बजेबाट दुर्गादेवी पौडेल, धनकुमारी खड्का पौडेल र हरिकृष्ण पौडेलले नगरपालिका कार्यालय परिसरमा आमरण अनसन सुरु गरेका थिए । 
सम्पत्ति शुद्धिकरण आयोगबाट नगर प्रमुख थापाको सम्पत्ति छानबिन हुनुपर्ने, नगरपालिकामा विकास निर्माणको कामका शिलशिलामा अनियमितता भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन हुनुपर्ने, बागमती नदीको अवैध उत्खनन रोकेर दोषीलाई कारवाही गर्नुपर्ने, बुढी बागमतीमा पोखरी खन्दा निस्किएको गिट्टी बालुवा बिक्रीबाट भएको आम्दानीको हरहिसाव पारदर्शी गर्नुपर्ने लगायत पौडेल परिवारको ७ बुँदे माग रहेको उनिहरुको छ । मागका सम्वन्धमा मौखिक र लिखित रुपमा पटक–पटक जानकारी गराउँदा पनि सुनुवाई नभएपछि बुधबारबाट बाध्य भएर आमरण अनसनमा बस्नु परेको पौडेलले बताए ।
यता बागमती नगरपालिकाका नगर प्रमुख थापाले आफू विरुद्ध सम्पति शुद्धिकरण, अख्तियार लगायतमा छानविन गराउन र दोषि देखिए कार्बाहीको भागिदार हुन तयार रहेको बताउनु भएको छ् । त्यस्तै नगरपालिका स्तरमा पूरा हुने मागका सम्बोधन गर्न जतिखेर पनि आफू तयार रहेको नगर प्रमुख थापाको बताउनु भयो ।

सम्बन्धित समाचार