लालबन्दी– ५ की एक किशोरी एक महिनादेखि वेपत्ता

210 Shares

सर्लाहीको लालबन्दी नगरपालिका–५ मेजरगन्जकी एक किशोरी विगत करिब एक महिनादेखि वेपत्ता भएकी छन्।लालबन्दी नगरपालिका–५ मामाघरमा बस्दै आएका अन्दाजी १९ वर्षीया मुस्कान सिंह गत साउन १२ गतेदेखि वेपत्ता भएकी उनको परिवारजनले बताएका छन् ।मुस्कान हराएदेखि नै परिवारले उनको खोजी गरिरहे पनि करिब एक महिना हुँदा समेत उनको कुनै अत्तोपत्तो नलागेको गुनासो गरे ।
भारतमा मजदुरी गर्ने मुस्कानकी आमा मेनु सिंह छोरी मुस्कान हराएको खबर थापा पाएदेखि माइती फर्किएर निरन्तर छोरीको खोजीमा लागेकी छन् ।छोरी हराएपछि खोजीका लागि इलाका प्रहरी कार्यालय लालबन्दी सहित सामाजिक सन्जालमा पोस्ट गर्ने र स्थानीय संचार माध्यममा धाउँदा पनि छोरीको अवस्था थाहा पाउन नपाएको मेनुले गुनासो गरिन् ।
आमा मेनु र हजुरआमा मन्दिरा बोहोरा दिनहुँ मुस्कानको खोजीमा लागिरहेका छन्।नेपाली राम्रोसँग बोल्न नजान्ने र हिन्दी बोल्ने मुस्कान तरकारी लिन भनी लालबन्दी बजार गएदेखि बेपत्ता भएकी उनको परिावरले जनाएको छ ।नियमित तरकारी लिएर बजारबाट आउने नातिनी साउन १२ गते भने एकाएक वेपत्ता भएकी हजुरआमा मन्दिराले बताईन्।बेपत्ता किशोरीको खोजी भई रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार