चाेरी गर्ने याेजना बनाउदै गरेका आफुलाई प्रहरी बताउने एक पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-८ गते   ३४६ पटक हेरिएको

सर्लाहीको  नवलपुरबाट आफुलाई प्रहरी बताउने एक जनालाई प्रहरीले  पक्राउ गरेका छ ।
आफू अस्थायी प्रहरी चाैकी ढुङ्ग्रेखाेलामा कार्यरत रहेकाे बताउने उनलाई नवलपुरकाे सुन पसलबाट चाेरी गर्ने याेजना बनाउँदै गर्दा स्थानिय व्यापारीहरुले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय लालबन्दीलाई बुझाएका हुन ।

सुन पसलबाट उनले विभिन्न चरणका भिडियाेहरु बनाई आफ्ना अन्य साथीहरुलाई  पठाउदै गरेकाे अवस्थामा स्थानिय व्यापारीहरुले पक्राउ गरि प्रहरीलाई बुझाएका छन् । एक भारतिय नम्बरकाे माेटरसाईकलमा आएका उनलाई ईलाका प्रहरी कार्यालय लालबन्दीकाे नियन्त्रणमा राखि आवश्यक अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएको छ । 
उनले सुन पसलबाट अन्य मानिसलाई विभिन्न प्रकारका भिडियाे बनाई पठाउदै गरेकाे अवस्थामा स्थानिय व्यापारीहरुले पक्राउ गरि प्रहरीलाई बुझाएका एक व्यापारीले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech