Close This

हरिवन नगरपालिका २ मा अनेमसंघ वडा कमिटि गठन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-१६ गते   ११९२ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका २ मा अखपल नेपाल महिला संघकाे वडाभेला सम्पन्न भएको छ । हरिवन नगरपालिका २ काे मिलन चाेकमा भएको अनेमसंघकाे कार्यक्रममा ज्याेति भ्लाेनकाे अध्यक्षता रहेकाे थियाे भने नेकपा(एमाले) कि केन्द्रीय सदस्य कल्पना कटुवालकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । हरिवन नगरपालिका २ काे ३५ सदस्यीय  अनेमसंघ वडा कमिटि गठन गरिएको हरिवन नगरपालिका २ का वडा अध्यक्ष अर्जुन महताेले जानकारी दिनु भयाे । अनेमसंघ हरिवन वडा नम्बर २ मा अध्यक्षमा ज्याेति भ्लाेन,उपा अध्यक्षमा रामदुलारी महताे सचिवमा राधिका भण्डारी र सह सचिवमा थ कुमारी वि. क सर्वसहमत चयन हुनु भएको हाे ।  भ्लाेनकाे अध्यक्षतामा ३५ सदस्यीय अनेमसंघ वडा कमिटि गठन गरिएको नगर उप प्रमुख रेणुका पाैडेलले जानकारी दिनुभयाे।
कार्यक्रममा नेकपा( एमाले) प्रदेश २ प्रदेश कमिटि सदस्य राजकुमार उप्रेती,हरिवन नगरपालिका ९ का वडा अध्यक्ष सिताराम पाेख्रेल,रिता साह,तारा पाेख्रेल,संजिता घिमिरे,अन्जना कडरिया लगायत विभिन्न तह र तप्का नेता तथा कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech