सर्लाहीको हरिवन नगरपालिका ११ स्थित रहेको समृद्धि वचत तथा ऋण सहकारी संस्था लि.को १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।संस्थाले वार्षिक साधारण सभामा कुल आम्दानी रु तीन करोड ३५ लाख ८९ हजार तीन सय २३ र खर्च रु दुई करोड ४० लाख ७५ हजार चार सय २३ साथै खुद नाफा ९५ लाख १३ हजार आठ सय ३८ बराबरको आय/व्यय प्रस्तुत गरेको संस्थाका अध्यक्ष ताराराज पन्त(अर्जुन)ले जानकारी दिए ।
उनका अनुसार साधारण सभामा आर्थिक वर्ष २०८०/०८१ को लेखा परिक्षण प्रतिवेदन,आर्थिक वर्ष २०८०/०८१ को समिति उप समितिको प्रतिवेदन,शेयर लाभांश तथा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँट,आर्थिक वर्ष २०८१/०८२ को प्रस्तावित बार्षिक बजेट तथा कार्ययोजना,विधान संशोधन,आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण,सहकारी संस्था एकीकरण,व्यवस्थापकको अवकास र आर्थिक वर्ष ०८०/०८१ मा संस्था संञ्चालकको लागि गरिएको निर्णय अनुमोदन लगायतका विषयमा छलफल भएको छ ।
संस्थालाई आवश्यक परेमा वाह्य ऋण लिन संञ्चालक समितिलाई अधिकार प्रत्यायोजन,लिलामबाट प्राप्त जग्गाहरु विक्रि,संस्थाको कार्यालय भवन निर्माण,समिति उपसमितिको बैठक भत्ता,निर्णय पुस्तीकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनोट र संस्थाको संञ्चालक तथा लेखा समितिको चयन लगायतमा विषयमा साधारण सभामा छलफल भएको संस्थाका सचिव सुरेश भट्टराईले बताए ।उनका अनुसार दुई हजार चार सय शेयर सदस्यहरु रहेको संस्थामा उत्कृष्ट ऋण कारोवार गर्ने सरिता सुवेदी,उत्कृष्ट बचतकर्ता स्मृती कुमारी पाख्रिन,उत्कृष्ट बाल बचत कर्ता प्रिन्स कुशवाहा महतो र आदर्श पन्त सहित एसईइ परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका विवेक पोख्रेल र आयुस्मा प्रसाईंलाई साधारण सभामा पुरस्कृत गरिएको छ ।
संस्थाका अध्यक्ष पन्तको अध्यक्षता तथा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल)को प्रमुख आतिथ्याता एवम जिल्ला बचत तथा ऋण सरकारी संस्था लि.की अध्यक्ष मन्दिरा आचार्य र हरिवन नगर सहकारी संञ्जालका संयोजक राम प्रसाद घिमिरे लगायतको विशेष उपस्थितिमा संस्थाको १७ औं वार्षिम साधारण सभा सम्पन्न भएको संस्थाका उपा अध्यक्ष डाकूर नाथ खतिवडाले जानकारी दिए ।