Close This

सर्लाहीको शरबथवा १ मा एकै घरका तीनजनाको रहस्यमय मृत्यु,अनुसन्धान जारी रहेको प्रहरीको भनाई

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१२ गते   ३१२६ पटक हेरिएको

सर्लाहीको बरहथवा नगरपालिका १ मा एकै घरका तीनजना मृत फेला परेका छन् । बरहथवा नगरपालिका १ हजरियामा एकै घरका एक आमा र उनका दुई छोराछोरी आफ्नै घर भित्र मृत फेला परेका ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
प्रहरीका अनुसार बरहथवा नगरपालिका–१, हजरिया निवासी कविता हजारी घर भित्रै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् भने उनका ६ वर्षीया छोरी र ४ वर्षीय छोरा पनि सोही घरभित्र मृत फेला परेका छन् । आमा कविताको शव झुण्डिएको अवस्थामा तथा दुईजना बच्चा पनि घर भित्रै भुईँमा लडिरहेको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ ।
‘छेउछाउमा विषादिका बोतल पनि नदेखिएकाले दुईवटा बच्चा र आमाको मृत्युका बारेमा  गम्भिर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिनु भयो । तीनैजनाको शवलाई पोष्टमार्टमका जिल्ला अस्पताल मलंगवामा राखिएको र रिपोर्ट नआई हत्या वा आत्महत्या केही भन्न सक्ने अवस्था नरहेको प्रहरी उपरिक्षक प्रसाईले बताउनु भयो ।
आज(आईतबार) बिहान करिब ५ बजे तीनैजना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकहरुका अभिभावक शिव हजारी भने वैदेशिक रोजगारीका सिलसिलामा विगत ४ वर्षदेखि मलेसियामा रहेका छन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech