उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुर सर्लाहीले चालू आर्थिक वर्ष २०८२/०८३ काे ११ महिनामा करिब ९० लाख बराबरकाे सरकारी राजश्व संकलन गरेकाे छ । चालू आर्थिक वर्ष २०८२/०८३ काे ११ महिनामा ८९ लाख ६७ हजार छ सय २९ रुपैयाँ ८३ पैसा राजश्व संकलन गरेकाे उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरका प्रमुख राम कुमार यादवले जानकारी दिए ।

उनका अनुसार ७१ लाख ७२ हजार छ सय २९ रुपैयाँ ८३ पैसा राजश्व संकलन भई सकेकाे र १७ लाख ९५ हजार बैँक ग्यारेन्टी रहेकाे छ । चालू आर्थिक वर्षका लागि रु छ कराेड ११ लाख बजेट प्राप्त भएकोमा ७३ प्रतिशत खर्च भई सकेकाे ५४ औं फार्म डे २०८३ काे अवसरमा आयाेजित कार्यक्रममा केन्द्र प्रमख यादवले साे विषयमा जानकारी गराएका हुन ।

यसिया कै दाेस्राे ठुलाे र नेपाल कै सबैभन्दा ठुलाे बागवानी केन्द्रमा उत्पादन भएको बिरुवा मधेश प्रदेशका आठ जिल्ला सहित देशभरका २७ वटा जिल्लाहरुमा विरुवा जाने गरेकाे केन्द्रबा सुचना अधिकारी सुनिल चाैधरीले जानकारी दिए ।उनका अनुसार काेशी प्रदेशका चार वटा,मधेश प्रदेशका आठै वटा,बागमती प्रदेशका सात वटा,गण्डकी प्रदेशका दुई वटाका साथै लुम्बिनी प्रदेशका चार वटा तथम कर्णाली र सुदुर पश्चिम प्रदेशका एउटा/एउटा जिल्लामा बिरुवा जाने गरेकाे छ ।

केन्द्रका प्रमुख यादवकाे अध्यक्षतामा तथा लालबन्दी नगरपालिकाकी उप प्रमुख कल्पना माया पाख्रिनकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेल सहित डिभिजन वन कारयालय लालबन्दी सर्लाहीका डिभिजनल वन अधिकृत एवम प्रमुख सन्ताेष कुमार झा सहित उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष महेश महत्ताे लगायतकाे विशेष उपस्थिति रहेकाे थियाे ।

फार्म डेकाे अवसरमा नयाँ प्रजातिका फलफुलहरुकाे सवालमा तथा उष्ण प्रदेशीय बागवानी केन्द्रका काम कार्बाहीहरुलाई जानकारी गराउने उदेश्यले कार्यक्रमकाे आयाेजना गरिएको उष्ण प्रदेशीय बागवानी केन्द्रले जनाएको छ । कार्यक्रममा उत्कृष्ट कृषक,उत्कृष्ट दैनिक ज्यालादारी कर्मचारी र उत्कृष्ट कर्मचारी गरि छ जनालाई सम्मान तथा पुरस्कार समेत प्रदान गरिएको केन्द्रले जनाएको छ ।