Close This

मंगलबार(आज)बाट लालबन्दीमा लक डाउन थप कडा हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-२९ गते   ३७४ पटक हेरिएको

सर्लाहीको प्रमुख व्यापारिक केन्द्र पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी बजारमा लकडाउन अर्थात बन्दाबन्दीलाई मंगलवार अर्थात आजबाट थप कडा गरिने भएको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण देशभर नै लक डाउन गरिएको छ । तर विगत २ दिन केही दिन अलि सहज बनाइएको समयमा अस्वाभाविक भीडभाड बढेपछि म)गलबारबाट कडाई गर्न लागिएको हो ।
 लालबन्दी बजारमा यसअघि खाद्यान्न बिक्री गर्ने पसल व्यवसाय जुनसुकै समयमा खोल्ने गरिएकोे थियो । तर मंगलबारबाट भने साँझ ५ बजेदेखि ७ बजेसम्म मात्रै खोल्न दिने निर्णय भएको लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खड्काले जानकारी दिनु भयो ।
भीडभाड नगरी दूरी कायम गरेर मात्रै निर्धारीत समयमा दाल, चामल, नुन, तेल लगायतका खाद्यान्न बिक्री गर्न नगरपालिकाले आग्रह गरेको छ । औषधी तथा दूधजन्य वस्तु बिक्री गर्ने पसल भने नियमित झैँ खुल्ला रहने छन । यसैगरी लालबन्दी बजारमा अनावश्यक रुपमा हिँडडुल गर्ने, माक्स नलगाइ हिँड्ने र अनावश्यक सवारी साधन लिएर हिँड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर दुई घण्टा कोरोना भाईरसको विषयमा जानकारी गराउने ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिनु भयो । यसबारेमा सोमवार बजार क्षेत्रमा माईकिङ गरेर जानकारी समेत गराइएको प्रहरी निरीक्षक थापाले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech