सर्लाहीका किसानहरु रासायनिक मल नपाउँदा चिन्तित बनेका छन् । यस वर्ष समयमै पानी परेको भए पनि रासायनिक मलको अभाव हुँदा उत्पादन घट्ने भन्दै जिल्लाका किसानहरु चिन्तित बनेका हुन ।
केन्द्रबाट गत आर्थिक वर्षमा जिल्ला आएको मल बिक्री भई सकेको कृषि सामाग्री कम्पनी लिमिटेड सर्लाहीका प्रमुख दिपक कुमार मगरले जानकारी दिनु भयो । उहाँका अनुसार यस वर्षको मल बिक्री सुरु भएको छैन । जिल्लाका किसानहरुलाई सहज होस भनेर यस वर्षका लागि जिल्लामाले पाउँदै आएको कोटालाई बढाइदिन मन्त्रालयलाई आग्रह गरएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।
जिल्लामा वर्षे धान खेती हुने झण्डै ४६ हजार हेक्टर जग्गामा रोपाइँ हुने र प्रति हेक्टर ९० केजी डिएपी मल रोपाइँको समयमा हाल्नु पर्ने कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमल देव प्रसाद कुसवाहाले बताउनु भयो । धान रोपेको २०–२५ दिनमा प्रति हेक्टर ४५ किलो युरिया र फुल फुल्ने समयमा पुन ४५ किलो युरिया मल हाल्नु पर्ने केन्द्र प्रमुख कुसवाहले बताउनु भयो ।
समयमै पानी परेका कारण जिल्लामा हालसम्म ८३ प्रतिशत रोपाइँ सकिएको छ । जिल्ला कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार जिल्लाभर असारभरी नै सरदर वर्षापछि तीव्र रुपमा रोपाइँ भएको हो ।
जिल्लामा १० दिन अघिसम्म ३५ प्रतिशत मात्रै रोपाइँ भएको थियो । पर्याप्त आकाशे वर्षा भएपछि असारको अन्तीमसाता ३५ प्रतिशतको हाराहारीमा रोपाइँ भएको जिल्लामा पछिल्लो १० दिनमा .......प्रतिशत खेतहरुमा धान रोप्ने काम सकिएको जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख कमलदेव प्रसाद कुशवाहाले जानकारी दिनु भयो ।
अहिले जिल्लाभर नै रोपाइँ अन्तमि अन्तीम चरणमा पुगेको छ । मकै बाली नलगाई बेलैमा धान रोप्ने गरी बीउ राखिएको खेतमा अहिले धानमा पहिलोपटक मल हालने समय भएपनि जिल्लामा मलको अभाव भएका कारण किसानहरु समस्यामा परको छन् ।
मौसम समयमैसक्रिय भयोधान रोपियो मल हाल्नेसमयमा मल छैन, जिललका किसानहरुको गुनासो छ । रोपाइँको चटारो रहेको समयमा पनि आफुहरुले मल नपाएको किसानहरुले गुनासो गरेका छन् । मकै रोपिएको खेतमा भने साउन अन्तिम तिर वा भदौ पहिलो हप्ता मकै भित्र्याएपछि मात्रै रोपाइँ हुने किसानहरुको भनाई छ । जिल्लामा पछिल्ला वर्षहरुमा भुक्तानि लिन झन्झट झेल्नु परेका कारण उखु खेती मासेर धान रोप्ने क्रम बढेको छ ।
कतिपय स्थानमा भने धान खेती हुने जग्गामा तुरुन्त र बढी आयआर्जन गर्ने उद्देश्यले किसानहरुले तरकारी खेती गर्न थालेका कृषि ज्ञान केन्द्रका प्रमुख कुशवाहाले बताउनु भयो । जिल्लाको बागमती, बरहथवा, बसबरिया, धनकौल, कविलासी लगायत पश्चिमी भेगमा बागमती सिँचाई आयोजनाको नहरमार्फत सिँचाई गरेर धान रोप्ने गरिएको छ भने जिल्लाको पुर्व तथा मध्य भागमा स्थानिय नदीहरुको पानी प्रयेग गर्ने तथा डिप बोरिङ्गको प्रयोग गरेर धान रोपाइँ गरिएको छ ।
अन्य क्षेत्रमा भने आकाशे पानी र पम्पीङ्गसेट चलाएर रोपाइँ हुने गरेको छ । जिल्लामा ४३ हजार हेक्टर जग्गामा धान खेती हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ । यस वर्ष मौसम पहिलै सक्रिय भएका कारण किसानहरुले समयमै धान रोप्न पाएका कारण पनि अरु वर्षको तुलनामा बढी धान उत्पादन हुने केन्द्रको अनुमान छ ।