Close This

सिन्धुलीको जुनार काठमाडौँका घरघरमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-१० गते   २६८४ पटक हेरिएको

सिन्धुलीको महाभारत क्षेत्रमा उत्पादित ‘ए’ ग्रेडको रसिलो जुनार बिक्रीका लागि काठमाडौँ सम्म पुर्याउने गरिएको छ । काठमाण्डौँको तिनकुनेको हिलटप सहकारीले आफ्नै पसलबाट जुनार बिक्री गर्न सुरु गरेको छ । न्यूनतम १० किलो जुनार अर्डर भएमा निःशुल्क ढुवानीको व्यवस्था रहेको हिलटप सहकारीका अध्यक्ष बासुदेव घिमिरेले बताउनु भयो । 
काठमाडौँबाट प्रतिकेजी रु १ सयमा जुनार बिक्री भइरहेको छ । त्यस्तै, हप्ताको सोमबार, बुधबार र शुक्रबार प्राङ्गारिक तरकारी समेत उपलब्ध हुने अध्यक्ष घिमिरेले बताउनु भयो।यस्तै, तीनकुनेस्थित ग्रीनग्रोथले समेत सिन्धुलीको जुनार अनलाइन बिक्री गरिरहेको जनाएको छ ।  ज्नार जोनको रुपमा चिनिएको सिन्धुलीलाई ज्ुनारले देशका विभिन्न स्थान सम्म चिनाउने गरेको छ । उर्मिला भट्टराई

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech