Close This

आपूर्ति सहज नहुँदा बजारमा औषधी अभाव 

रासस    प्रकाशित: २०७७-१-१८ गते   ४०९ पटक हेरिएको

 लकडाउनका समयमा  आपूर्ति सहज नभएका कारण जिल्लामा औषधी अभाव देखिन थालेको छ । सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै रोक नलगाएको भए पनि ढुवानीको असहजताका कारण औषधि अभाव देखिन थालेको औषधी व्यवसायीहरुले बताएका छन्  ।
विशेष गरी दम, सुगर, प्रेसर, थाइराइड र मानसिक समस्या भएका बिरामीले सेवन गर्ने औषधीहरुको बजारमा अभाव देखिन थालेको डाक्टर घनश्याम सिंहले जानकारी दिनु भयो ।    कोरोनाको संक्रमण फैलिन नदिन  सिमानाका सिल गरिएका कारण नेपाली बजारमा नपाएका औषधी भारतबाट  समेत ल्याउन  नपाएको  स्थानीयहरुले  गुनासो गरेका छन् ।स्थानीयहरु सरकारले  कोरोनाको संक्रमणलाई रोक्न लगाएको लकडाउन स्वागतयोग्य रहेको बताउँदै गम्भीर रोगबाट ग्रसित बिरामीहरुको औषधी आपुर्तीका लागि पनि सरकारले कुनै ठोस निर्णय लिनुपर्ने बताएका छन् ।
नेपालका औषधी उत्पादक कम्पनीले प्रायः आपूर्ति सहज हुने ठूला शहरमा मात्र बढी जोड दिएका कारण साना सहर बजारहरुमा औषधीको अभाव देखिने अवस्था आएको व्यवसायीको गुनासो छ ।औषधी व्यवसायीले लकडाउनका कारण आपूर्तिमा आएको असहजता, औषधी कम्पनीबाट नगद कारोवारको अनिवार्य प्रावधान लागु र आवश्यक औषधी बिरामी आफैं गएर ल्याउनुपर्ने जस्ता कारणले बजारमा औषधीको अभाव देखिन थालेको स्थानिय औषधी व्यावसायीहरुले बताएका छन ।

बजारमा औषधी अभाव भएका कारण सामान्य स्वास्थ्य परेका बिरामीहरुको चोक जाँचमा समेत समस्या सुरु भएको चिकित्सकहरुले बताएका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech