सर्लाहीमा सवारी दुर्घटना चार जना घाईते

478 Shares

पुर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको लालबन्दी नगरपालिका ७ मा मोटरसाईकलको ठक्करबाट एक पैदल यात्री घाईते भएकी छन् ।पूर्व पश्चीम राजमार्ग अन्र्तगत पूर्वबाट पश्चीम तर्फ जाँदै गरेको मधेश प्रदेश ०३ ०२४ प ६३५९ नम्बरको मोटरसाईकलले सोही दिशा तर्फ जाँदै गरेकी पर्सा गाउँपालिका २ संग्रामपुरकी अन्दाजी वर्ष २७ की मनिषा यादवलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार यादवलाई ठक्कर दिने मोटसाईकल र सो मोटरसाईकलका चालक बाराको जितपुर सिमरा उपमहा नगरपालिका १ का अन्दाजी बर्ष २८ का सफल थापा मगरलाई ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखिएको र घाईतेको लालबन्दी नगरपालिका ६ स्थित लालबन्दी मोडेल अस्पतालमा उपचार सुरु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी पूर्व पश्चीम राजमार्ग अन्र्तगत पर्ने ईश्वरपुर नगरपालिका ५ को फूलजोरमा अटो दुर्घटना हुँदा तीनजना घाईते भएका छन्।दुर्घटनाको कारण र घाईते तथा दुर्घटनामा संग्लग्न सवारी साधनको विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार