सार्वजनिक प्रशासनको क्षेत्रमा कार्यक्षमताको सुधार एउटा निरन्तरको विषय बनेको छ। नेपाल संघीय संरचनामा प्रवेश गरेसँगै सार्वजनिक निकायहरूको भूमिका, कार्यजिम्मेवारी र सेवा प्रवाहमा आमूल परिवर्तन भएको छ।यस परिवर्तनले सार्वजनिक प्रशासन लाई अधिक परिणाममुखी बनाउने विश्वास गरिएको छ।यस्तै सन्र्दभमा कर्मचारी व्यवस्थापनको परम्परागत मोडलबाट “संस्थागत करार”मा सार्ने अवधारणाले विशेष महत्व पाएको छ।सार्वजनिक निकाय र सेवा प्रदायक संस्था बीचको औपचारिक सम्झौता गरी संस्थागत करार प्रणालीबाट काम गर्दा सार्वजनिक प्रशासनको क्षेत्र पारदर्शी हुनुका साथै योग्य र दक्ष कर्मचारी पाउनेमा दुईमत छैन् ।
सार्वजनिक प्रशासनको क्षेत्रहरुका विशिष्ट कार्यहरू,सेवाहरू वा परियोजनाहरूको सम्पादनको लागि उत्तरदायित्व,वित्तीय व्यवस्था र मूल्याङ्कनका मापदण्डहरू स्पष्ट रूपमा परिभाषित गर्दछ। नेपाली सार्वजनिक क्षेत्रमा संस्थागत करारको नीतिगत प्रवन्ध, व्यावहारिक अभ्यास,सम्बन्धित कानूनी ढाँचा,अन्तर्राष्ट्रिय अनुभव र भविष्यको दिशाको विस्तृत विश्लेषण गर्दै यो लेख तयार पारीएको छ ।
संस्था करारको अवधारणा र दृष्टिकोण
संस्था करारको मूल अवधारणा परिणाममुखी व्यवस्थापनमा आधारित छ।यसको मुख्य उद्देश्य सार्वजनिक संस्थाहरूले प्रदान गर्ने सेवाको गुणस्तरमा सुधार ल्याउने,स्रोतसाधनको कुशल उपयोग सुनिश्चित गर्ने साथै वित्तीय पारदर्शीता हो।यसले परम्परागत कर्मचारी व्यवस्थापन बाट एक महत्वपूर्ण सैद्धान्तिक परिवर्तनलाई प्रतिनिधित्व गर्दछ ।जहाँ प्रशासनिक नियन्त्रणबाट सारिएर प्रदर्शनमा केन्द्रित हुन्छ।कर्मचारी व्यवस्थापनको कार्यमूलक संस्कृतिलाई संस्थागत करारले दृश्यमान र मूर्त बनाउँदछ ।जसले वैयक्तिक कार्यमूलक विधिलाई संगठनात्मक दृष्टिसँग जोड्दछ।कर्मचारीको गुणस्तर, उत्पादन,क्षमता र निरन्तरतालाई प्रोत्साहन गर्छ ।
संस्था करारको सैद्धान्तिक आधार लगानी दृष्टिकोणमा निहित छ । जहाँ सरकारले कर्मचारीहरुको क्षमता विकासमा गर्ने लगानीलाई संस्थागत विकासको रूपमा हेर्छ। यस दृष्टिकोण अनुसार, कर्मचारी हरूको क्षमता विकासलाई संस्थागत सशक्तिकरणको लागि आवश्यक पूर्वाधार मानिन्छ। यसरी, संस्था करारले दीर्घकालीन संस्थागत सुदृढीकरणलाई अघि बढाउँदै लैजान्छ ।
नेपालको कानूनी ढाँचा र नीतिगत प्रावधान
नेपालमा संस्था करारको व्यवस्थापन विभिन्न कानून,नियमावली र परिपत्र हरूद्वारा नियन्त्रित छ।यी कानूनी ढाँचाहरूले संस्था करारको निर्माण,कार्यान्वयन,अनुगमन र मूल्याङ्कनको प्रक्रियालाई परिभाषित गर्दछन्।
नेपालको संविधान २०७२ ले सार्वजनिक सेवाको मापदण्ड र सुशासनको सिद्धान्त लाई संवैधानिक मान्यता प्रदान गरेको छ।संविधानले नै राज्यले सबै नागरिकलाई बराबर अवसर उपलब्ध गराउने र सुशासन सुनिश्चित गर्ने साथै दक्ष,स्वच्छ, र जवाफदेही प्रशासनिक व्यवस्था कायम गर्ने उल्लेख गरेको छ। यी संवैधानिक व्यवस्थाहरु संस्था करारको कानूनी आधार मात्र नभई यसको दर्शन र उद्देश्यसँग सुसंगत छन्।
निजामती सेवा ऐन र नियमावली
निजामती सेवा ऐन र निजामती सेवा नियमावलीले सार्वजनिक कर्मचारीहरूको नियुक्ति,सेवा शर्त,उत्तरदायित्व र कार्यसम्पादन मूल्याङ्कनको व्यवस्था गर्दछ।यद्यपि यी कानूनहरूमा संस्था करारको लागि विशेष प्रावधान छैन तर निजामती सेवा ऐनले सरकारलाई विशेष परिस्थितिमा कर्मचारी भर्ना गर्ने अधिकार दिएको छ ।जसलाई संस्थागत करारको कानूनी आधारको रूपमा व्याख्या गर्न सकिन्छ।
श्रम ऐन र नियमावली
श्रम ऐन,२०७४ र श्रम नियमावली, २०७५ ले कर्मचारी(नियोजक सम्बन्धलाई विनियमन गर्दछ। यी कानूनहरूले काम,मजदुरी र सामाजिक सुरक्षा सम्बन्धी मापदण्डहरू तोकेका छन्। संस्था करार अन्तर्गत राखिएका कर्मचारीहरूको लागि श्रम ऐनको धारा १४५ ले तोकेअनुसार न्यूनतम मजदुरी र कामको सर्तहरू लागू हुन्छन्।यसैगरी,श्रम ऐनको धारा १६५ ले समूहगत सम्झौताको व्यवस्था गरेको छ।जसले संस्था करारमा काम गर्ने कर्मचारीहरूको सामूहिक सौदाकारी अधिकारलाई मान्यता दिन्छ।
सार्वजनिक खरिद ऐन र नियमावली
सार्वजनिक खरिद ऐन,२०६३ र सार्वजनिक खरिद नियमावली २०६४ ले सेवा खरिदको लागि विस्तृत प्रक्रिया तोकेको छ।यो कानूनहरू संस्था करारको लागि सबैभन्दा महत्वपूर्ण कानूनी ढाँचा हो।सार्वजनिक खरिद ऐनले“सेवाको परिभाषा अन्तर्गत सल्लाहकार र व्यवस्थापकीय सेवालाई समेटेको छ।यसैगरी सेवा खरिदको लागि प्रस्ताव आव्हानको प्रक्रिया तोकेको छ ।जसमा गुणस्तर र लागत दुवै आधारमा सेवा प्रदायक चयन गर्ने व्यवस्था छ।
करार ऐन र नियमावली
करार ऐन २०५६ र करार नियमावली २०६१ ले कानूनी सम्झौताहरूको निर्माण,कार्यान्वयन, र विवाद समाधानको व्यवस्था गर्दछ।करार ऐनको धारा ६ ले करारको आवश्यक तत्व हरूमा पक्षहरूको सहमति,वैध उद्देश्य र कानूनी क्षमतालाई तोकेको छ। संस्था करारको मामिलामा, करार ऐनको धारा ३२ ले क्षतिपूर्ति र जरिवाना को व्यवस्था गरेको छ ।जसले करारको शर्त उल्लंघन गर्दा लागू हुन्छ।
आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व ऐन
आर्थिक कार्यविधि ऐन २०७५ ले सरकारी खर्चको लागि बजेट व्यवस्थापन र लेखापरीक्षणको प्रक्रिया तोकेको छ।यस ऐनको धारा १६ ले बजेट व्यवस्थापनका लागि विशेष व्यवस्था गर्ने अधिकार सरकारलाई दिएको छ ।जसअन्तर्गत संस्था करारको लागि व्यवस्थापन गरिएको बजेट समेत पर्दछ।यसैगरी वित्तीय उत्तरदायित्व ऐन २०७५ ले सार्वजनिक रकमको कुशल उपयोग र वित्तीय जवाफदेही सुनिश्चित गर्ने व्यवस्था गरेको छ।
अन्य सम्बन्धित नीतिहरू र परिपत्रहरू
सरकारद्वारा जारी गरिएका विभिन्न मन्त्रिपरिषद्का निर्णयहरू,परिपत्रहरू र निर्देशनहरूले संस्था करारको व्यवस्थापनमा थप विस्तृत मार्गदर्शन प्रदान गर्दछन्।यसैगरी,सार्वजनिक सेवा वितरण सुधारका लागि सूचना प्रविधिको उपयोगलाई बढावा दिने नीतिहरूले पनि संस्था करारको कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्छन्।
संस्था करारको व्यावहारिक कार्यान्वयन
संस्था करारको सफल कार्यान्वयनका लागि क्रमबद्ध प्रक्रियाको आवश्यकता पर्दछ।करारको नियोजन चरणमा आवश्यकताको विश्लेषण गर्नुपर्छ। यसको लागि सम्बन्धित सार्वजनिक निकायले आफूलाई चाहिने सेवाको प्रकृति,दायरा र अवधि निर्धारण गर्नुपर्छ।यसैगरी,कार्यसम्पादनका सूचक र मूल्याङ्कनका मापदण्ड हरू पनि यसै चरणमा तय गरिनुपर्छ।यो चरणमा खरिद योजना तयार गरिन्छ ।जसमा बजेट व्यवस्था,समयरेखा र चयन प्रक्रिया समेटिन्छ।
प्रस्ताव आव्हान र चयन प्रक्रिया
सार्वजनिक खरिद ऐन, २०६३ को धारा ३० ले तोकेअनुसार, सेवा खरिदको लागि प्रस्ताव आव्हानजारी गरिनुपर्छ। प्रस्ताव आव्हानमा सेवाको विस्तृत विवरण,चयन मापदण्ड, करारको शर्तहरू र प्रस्ताव दाखिला गर्ने अन्तिम मिति उल्लेख हुनुपर्छ। प्रस्तावहरूको मूल्याङ्कन गुणस्तर र लागतको आधारमा गरिन्छ।चयन प्रक्रिया पारदर्शी र प्रतिस्पर्धात्मक हुनुपर्छ।
करार निर्माण र हस्ताक्षर
चयन भएको सेवा प्रदायकसंग करारपत्र तयार गरिन्छ। करारको विषयवस्तु र दायरा,कार्यसम्पादनका सूचक र मापदण्ड,भुक्तानीको व्यवस्था र शर्तहरू, अवधि र समयसीमा,जरिवाना र क्षतिपूर्ति को व्यवस्था,विवाद समाधान को प्रक्रिया र करार रद्द गर्ने शर्तहरू समेटीएको हुन्छ ।जहाँ करार ऐन २०५६ को धारा ९ को अनुसार, करारपत्र लिखित र कानूनी रूपमा बाध्यकारी हुनुपर्छ।
कार्यान्वयन र अनुगमन
करार कार्यान्वयन चरणमा, सार्वजनिक निकायले सेवा प्रदायकको कार्यसम्पादनको नियमित अनुगमन गर्नुपर्छ। अनुगमनको लागि अनुगमन समिति गठन गर्न सकिन्छ। अनुगमन प्रक्रियामा प्रगती विवरणको समीक्षा,स्थलगत भ्रमण र हित समूहहरूसंग छलफल
समेटिन सक्छ। यसैगरी, मध्यावधिक मूल्याङ्कन पनि गरिन सक्छ।
मूल्याङ्कन र भुक्तानी
करारको अवधि समाप्त भएपछि, सेवा प्रदायकको कार्यसम्पादनको अन्तिम मूल्याङ्कन गरिन्छ। मूल्याङ्कन करारमा तोकिएका कार्यसम्पादन सूचक हरूको आधारमा गरिन्छ।मूल्याङ्कनको आधारमा,सेवाको गुणस्तर र मात्रा अनुसार भुक्तानी गरिन्छ। कार्यसम्पादन निर्धारित मापदण्ड भन्दा कम भएमा,करारमा तोकिए अनुसार जरिवाना लगाउन सकिन्छ वा भुक्तानी कटौती गर्न सकिन्छ।
ज्ञान व्यवस्थापन र सिकाइ
संस्था करारको अन्तिम चरण भनेको ज्ञान व्यवस्थापन हो।यस चरणमा,करार कार्यान्वयनबाट प्राप्त अनुभव र सिकाइ हरू लाई कागजातीकरण गरिन्छ।यी ज्ञानलाई भविष्यका करारहरूको लागि सर्वोत्तम अभ्यासको रूपमा उपयोग गर्न सकिन्छ।यसले गर्दा संस्थागत स्मरण मजबूत हुन्छ र भविष्यमा गर्न सकिने गल्तीहरूबाट जोगिन सकिन्छ।
अन्तर्राष्ट्रिय अभ्यास र तुलनात्मक अध्ययन
अमेरीकाले“चाइस परफार्मन्स कन्फर्मेशन (सीपीसी)”नामक एक कार्यसम्पादन व्यवस्थापन कार्यक्रम स्थापना गरेको छ ।जसले राज्य संस्थालाई कर्मचारीहरुलाई संलग्न र विकास गर्न मदत गर्दछ।यस कार्यक्रमले एजेन्सीहरुलाई मानक र सर्वोत्तम अभ्याससँग मेल खाने कुरा सुनिश्चित गर्दछ।
मेक्सिकन केस अध्ययन
एक मेक्सिकन केस अध्ययनले वातावरण,संगठनात्मक र मानव संसाधन व्यवस्थापन कारकहरुको सहायक कर्मचारी व्यवहारमा पार्ने बताउँछ।अध्ययनले संगठनात्मक सिकाइ र उचित व्यवस्थापन अभ्यानमा जोड दिँदै पर्यावरणीय र संगठनात्मक कारकहरुले मानव संसाधन अभ्यासको चयनलाई कसरी प्रभावित गर्छन् भन्ने कुरा देखाएको छ।यसले प्रशिक्षण,निरन्तर सञ्चार, कर्मचारी संलग्नता,स्पष्ट र लगातार लक्ष्यहरू,इनाम र मान्यता,टोली संरचना र संगठन जस्ता मानव संसाधन अभ्यास हरूलाई संगठनात्मक सिकाइ सुविधाको रूपमा महत्व दिएको छ।
मैरियट इन्टरनेशनलको उदाहरण
मैरियट इन्टरनेशनलले विभिन्न नवीन मानव संसाधन अभ्यासहरु अपनाएको छ ।जसले गर्दा यसले आतिथ्य उद्योगमा “काम गर्ने उत्तम ठाउँ”को प्रतिष्ठा कमाएको छ । कम्पनीको“स्पिरिट टु सर्भ”संस्कृति र“पीपल फस्र्ट”दर्शनले यसका विभिन्न मानव संसाधन पहलहरुलाई मार्गदर्शन गरेको छ। मैरियटले कर्मचारी भर्ती, चयन, प्रशिक्षण र विकासमा सर्वोत्तम अभ्यासहरू अपनाउँदै आएको छ भने कर्मचारी रोकथाम र शिकायत निवारण प्रणालीमा पनि उत्कृष्टता हासिल गरेको छ।विश्वभरका सार्वजनिक प्रशासन प्रणालीहरूमा संस्था करार र कार्यमूलक व्यवस्थापनको अवधारणाले महत्वपूर्ण भूमिका खेलेको छ।नेपालले आफ्नो प्रणाली सुधारका लागि यी अन्तर्राष्टिूय अनुभवहरूबाट धेरै कुरा सिक्न सक्छ।
विकसित देशहरूमा कार्यमूलक व्यवस्थापन
अमेरिका,बेलायत,अस्टूेलिया र क्यानडा जस्ता विकसित देशहरूमा कार्यमूलक व्यवस्थापन प्रणालीलाई सार्वजनिक क्षेत्र सुधारको मुख्य आधार बनाएको छ।यी देशहरूमा कर्मचारी कार्यमूलक व्यवस्थापन भनेको छ।जसले वैयक्तिक कार्यमूलकलाई संगठनात्मक दृष्टि र कार्यमूलक मापनसँग जोड्दछ। यसको लागि कार्यमूलक योजना ,नियमित प्रशिक्षण र प्रतिक्रिया मूल्याङ्कन र मान्यता र पुरस्कार लगायतका चरणहरू समेटिन्छन्।
अमेरीकाको आर्थिक व्यवस्थापन कार्यालयले कर्मचारी कार्यमूलक व्यवस्थापनका लागि संस्था करारको सफलताको लागि कार्यमूलक संस्कृतिको विकास आवश्यक छ। अमेरीकाको मार्गदर्शन अनुसार कार्यकारी वचनबद्धताको सन्देश, संगठनात्मक कार्यमूलक व्यवस्थापन,कार्यमूलक नियोजन, कार्यमूलक प्रशिक्षण,अभिप्राय र मूल्याङ्कन जस्ता सर्वोत्तम अभ्यासहरुले कार्यमूलक संस्कृतिलाई दृश्यमान र मूर्त बनाउँछन् ।
सामूहिक सौदेबाजीको भूमिका
सामूहिक सौदेबाजी संस्था करारको अर्को महत्वपूर्ण आयाम हो। अमेरीकामा,“सामूहिक सौदेबाजी” भनेको नियोक्ताको प्रतिनिधि र कर्मचारीहरूको समूहको अनन्य सौदेबाजी प्रतिनिधि बीचको आपसी दायित्व हो।जसद्वारा तिनीहरू उचित समयमा भेट्छन् र वेतन,घण्टा र कार्य स्थिति सम्बन्धी सहमतिको लागि सद्भावपूर्ण सौदेबाजी गर्छन्।यसले गर्दा तयार भएको लिखित सम्झौतालाई सामूहिक सौदेबाजी सम्झौता भनिएको छ।
संगठनात्मक सिकाइ र अनुकूलन
विशेषज्ञहरूका अनुसार संस्था करारहरूले संगठनात्मक सिकाइ र अनुकूलनलाई पनि सम्बोधन गर्नुपर्छ।वातावरणीय कारकहरु र संगठनात्मक कारकहरूले सिकाइ रणनीतिसंग जोडिएका व्यवस्थापन अभ्यासहरुको कार्यान्वयनलाई सुविधा प्रदान गर्ने मेक्सिकन केस अध्ययनले देखाएको छ ।
एसियाली देशहरूमा सार्वजनिक प्रशासन सुधार
एसियाली देशहरू जस्तै सिंगापुर, दक्षिण कोरिया,मलेशिया र चीनले पनि आफ्नो सार्वजनिक प्रशासन प्रणालीमा संस्था करार र कार्यमूलक(आधारित भुक्तानीको अवधारणालाई सफलतापूर्वक लागू गरेका छन्। सिंगापुरले लिंक्ड प्रणाली लागू गरेको छ ।जसले कर्मचारीहरूको वार्षिक कार्य मूल्याङ्कनलाई वार्षिक वृद्धि र बोनससँग जोडेको छ।दक्षिण कोरियाले सार्वजनिक क्षेत्रमा नतिजा ः आधारित व्यवस्थापन लागू गरेर प्रशासनिक सुधार गरेको छ।
व्यक्तिगत र संस्था करारको तुलनात्मक अध्ययन
सार्वजनिक क्षेत्रमा कर्मचारी व्यवस्थापनको दुई प्रमुख मोडलहरू व्यक्तिगत करार र संस्था करार बीच महत्वपूर्ण भिन्नता छन्। नेपालको सन्दर्भमा कुन मोडल उत्तम हुन्छ भन्ने कुराको विश्लेषण गर्नु आवश्यक छ । १) व्यक्तिगत करारको विशेषता ः व्यक्तिगत कर्मचारी र सार्वजनिक निकाय बीचको प्रत्यक्ष रोजगार सम्बन्धलाई व्यक्तिगत करार भनिन्छ।यसमा कर्मचारी सिधै सरकारी संस्थामा नियुक्त हुन्छ र सो संस्थाको अन्तर्गत काम गर्दछ। नेपालमा निजामती सेवा ऐन अन्तर्गत भर्ना भएका कर्मचारीहरू यसै श्रेणीमा पर्छन्।जसका कारण कर्मचारीहरूलाई दीर्घकालीन रोजगारीको सुरक्षा हुने, कर्मचारीहरूमा संस्थाप्रतिक निष्ठा बढ्ने सम्भावना हुने,दीर्घकालीन रोजगारीले गर्दा संस्थाको ज्ञान र अनुभवको संचय हुने, कर्मचारी हरूको दीर्घकालीन व्यावसायिक विकासको सम्भावना हुने छ ।तर कर्मचारी समायोजनमा लचिलोपन को कमी,सरकारलाई दीर्घकालीन वित्तीय बोझ,कार्यसम्पादन जवाफदेहीको कमी,राजनीतिक हस्तक्षेप हुन सक्छ ।
२) संस्था करारको विशेषता ःसार्वजनिक निकाय र सेवा प्रदायक संस्था बीचको सम्झौतालाई संस्था करार भनिन्छ ।जसअन्तर्गत संस्थाले आफ्ना कर्मचारीहरू मार्फत सार्वजनिक निकायलाई सेवा प्रदान गर्दछ।जसका कारण आवश्यकता अनुसार सेवा र कर्मचारी समायोजन गर्न सकिन्छ। विशेषज्ञताको आवश्यकता भएमा बाह्य विशेषज्ञ भर्ना गर्न सकिन्छ । कार्यसम्पादनमा आधारित जवाफदेही हुने,दीर्घकालीन वित्तीय बोझ घट्ने,बाह्य संस्थाहरूबाट नयाँ प्रविधि र विधिहरू आउन सक्छन् ।भने,दीर्घकालीन संस्थागत ज्ञानको ह्रास हुन सक्छ ।धेरै संस्थाहरूसँग काम गर्दा समन्वयमा समस्या हुन सक्छ ।सेवाको गुणस्तर नियन्त्रण गर्न गाह्रो हुन सक्छ ।करारको मूल्य,प्रक्रिया र गुणस्तर सम्बन्धी अनैतिक व्यवहारको सम्भावना हुन्छ ।नेपालको सन्दर्भमा उपयुक्त मोडल
नेपालको संघीय संरचना, प्रशासनिक क्षमता र विकास आवश्यकताहरूलाई ध्यानमा राख्दा,दुवै मोडलको समन्वय नेपालको लागि सबैभन्दा उपयुक्त हुन सक्छ।केही क्षेत्रहरूमा व्यक्तिगत करार र केहीमा संस्था करारलाई प्राथमिकता दिइन सक्छ।
व्यक्तिगत करार उपयुक्त हुने क्षेत्रहरूमा नीति निर्माण, समन्वय, र नियन्त्रण कार्य,न्याय प्रशासन सम्बन्धी कार्य,राजस्व,लेखा सम्बन्धी कार्य,राष्ट्रिय नीति र दीर्घकालीन योजना सम्बन्धी कार्य हुन ।भने संस्था करार उपयुक्त हुने क्षेत्रहरूमा इन्जिनियरिङ, आर्किटेक्चर,सर्वेक्षण जस्ता तक्निकी सेवा,विभिन्न क्षेत्रमा अनुसन्धान कार्य,विशेष ज्ञान र क्षमता आवश्यक पर्ने प्रशिक्षण कार्य र निश्चित अवधि सम्पन्न हुने परियोजनाहरूमा उपयुक्त हुने देखिन्छ ।नेपालको सार्वजनिक प्रशासनमा दुवै मोडलको समन्वय गर्दा,कर्मचारीको गुणस्तर र कार्यसम्पादनको मापदण्डलाई प्राथमिकता दिनुपर्छ।सार्वजनिक प्रशासनको सुधारका लागि कार्यसम्पादन मूल्याङ्कनलाई कर्मचारी प्रशासनको महत्वपूर्ण पक्ष बनाउनुपर्छ।यसले कर्मचारी को प्रतिभा,क्षमता,योग्यता,सिप र जाँगरलाई संगठनको उद्देश्य प्राप्तिका लागि प्रभावकारी ढंगले उपयोग गर्न मद्दत गर्छ।
अन्तत ः संस्था करारले नेपालको सार्वजनिक क्षेत्रमा कर्मचारी व्यवस्थापनको दक्षता र सेवा प्रवाहको गुणस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्छ।यसले सार्वजनिक संस्थाहरूलाई परिणाममुखी बनाउन र वित्तीय दक्षता बढाउन मद्दत गर्छ। तर,संस्था करारको सफलताको लागि उचित कानूनी ढाँचा,स्पष्ट नीति,मजबूत संस्थागत क्षमता र पारदर्शी कार्यान्वयनको आवश्यकता छ।नेपालको संघीय संरचनाले प्रदेश र स्थानीय तहलाई थप अधिकार र कार्यजिम्मेवारी दिएको छ।यसले गर्दा केन्द्र,प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यको आवश्यकता बढेको छ। संस्थागत करारले यी तहहरूबीचको क्षमता अन्तरलाई पूर्ती गर्न मद्दत गर्न सक्छ।
नेपालले आफ्नो सार्वजनिक प्रशासन प्रणालीमा संस्था करारलाई प्रभावकारी ढंगले समेट्न सकेमा,सुशासनको लक्ष्य प्राप्त गर्न र संवैधानिक प्रतिबद्धता पूरा गर्न ठूलो योगदान पुग्छ।सार्वजनिक प्रशासनको सुरुवात राज्य व्यवस्थाको उत्पत्तिसँगै भए तापनि राज्य व्यवस्थामा भएको परिवर्तन र आधुनिकीकरण अनुरूप सार्वजनिक प्रशासनमा पनि रूपान्तरण हुन जरुरी छ।संस्था करार यसै रूपान्तरणको एक महत्वपूर्ण साधन हो।कर्मचारी व्यवस्थापनमा संस्था करार एक शक्तिशाली उपकरण हो।जसले संगठन र कर्मचारी बीचको सम्बन्धलाई संरचित र सुव्यवस्थित ढंगले व्यवस्थापन गर्छ।यसले पारदर्शिता, जवाफदेहिता र निष्पक्षतालाई बढावा दिंदै संगठनात्मक उद्देश्य र कर्मचारी अपेक्षाहरूलाई मद्धत गर्छ।अन्तर्राष्टिूय अभ्यासहरूले कर्मचारी संलग्नता, विकास र मान्यता मा आधारित संस्था करारहरूले दीर्घकालीन सफलता सुनिश्चित गर्न सक्ने देखाएका छन्।तर नेपालको सन्दर्भमा राजनीतिक हस्तक्षेपका कारण संस्था करार भन्दा पनि व्यक्ति करार गर्ने प्रचलन चलि रहेको अवस्थामा केही कार्यालयहरुले संस्था करार प्रणाली अपनाउन सुरु गरेपछि राजनीतिक दलहरुलाई समस्या परेको समेत देखिएको छ ।