वि.पी.राजमार्ग अन्र्तगत सिन्धुलीको भिमानबाट बर्दिवास तर्र्फ आउँदै गरेको मिनी ट्रकबाट ठूलो मात्रामा लागु औषध गाँजा सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।भिमानबाट बर्दिवास तर्र्फ आउँदै गरेको बा ४ ख ५६९२ नम्बरको मिनी ट्रकलाई बर्दिवास नगरपालिका–३ मा शंका लागि रोकी चेकजाँच गर्दा उक्त मिनी ट्रकको छतमा विशेष प्रकारको फल्स बटम बनाई चार सय ५४ किलोग्राम लागु औषध गाँजा सहित ललितपुरको गोदावरी नगरपालिका–३ का अन्दाजी २६ वर्षीय विश्व तामाङलाई लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवासको टोलीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
मिनीट्रकको छतमा फल्स बटम बनाएर अवैध रूपमा लागु औषध ओसार पसार भइरहेको विषेश सूचनाका आधारमा खटिएको लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासको विशेष टोलीले नियन्त्रणमा लिएको लागु औषध गाँजा सहित तामाङलाई आवश्यक अनुसन्धान तथा कार्बाहीका लागि ईलाका प्रहरी कार्यालय बर्दिबास बुझाईएको लागु औषध नियन्त्रण ब्यूरोका सह प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक जीवन निरौलाले जानकारी दिए ।