Close This

लालबन्दीमा पिकअप दुर्घटना, २० जना बढी घाईते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-२३ गते   २७९८ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ६ मा मा पिकअप भ्यान दुर्घटना हुँदा २० जना भन्दा बढी घाईते भएका छन् । लालबन्दीबाट  फुटबल खेल्न खेलाडी बोकेर जाँदै गरेको प्रदेश–२–०३–००१ च ०८४६ नम्वरको पिकअप लालबन्दी नगरपालिका–६,को राधाकृष्ण खेल मैदान नजिक पुर्व पश्चीम लोकमार्गमा अनियन्त्रित भई पल्टिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।  
दुर्घटनामा घाईते भएकामध्ये गम्भीर अवस्थाका ९ जनालाई अन्यत्र रेफर गरिएको र अरु १०÷१२ जनाको लालबन्दीकै विभिन्न अस्पतालहरुमा उपचार भई रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका अधिकांश घाईते लालबन्दी नगरपालिका–९, बस्तीपुरका रहेका लालबन्दी नगरपालिका ९ का वडाध्यक्ष गोपाल प्रसाद घिमिरेले बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech