Close This

सर्लाहीका ४९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-६ गते   ३५४ पटक हेरिएको

सर्लाहीको हरिपूर्वा र रामनगरमा थ्रोड स्वाब लिइएका मध्ये ४९ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । हरिपूर्वाबाट पठाइएको दुई जनाको रिर्पोट भने प्राप्त नभएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनु भयो । 
गत वुधवार हरिपूर्वा नगरपालिका–३, धनकौलका कोरोना सङ्क्रमित ४५ वर्षका पुरुषका परिवार, उनको सम्पर्कमा आएका व्यक्ति र नगरपालिकाको क्वारेन्टाइनमा बसेका समेत गरी ३० जना र शनिवार रामनगर गाउँपालिका–४, बहुअर्वाकी संक्रमित १८ वर्षीया युवतीको १५ जना आफन्त र गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६ जना गरी २१ जनाको थ्रोट स्वाबको नमूना सङ्कलन गरिएको थियो । संकलीत स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको हो ।
दुई स्थानमा ५१ जनाको स्वाब लिइएकोमध्ये ४९ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रजिअ जिसीले बताउनु भयो ।  परीक्षणका लागि आवश्यक पर्ने थ्रोट स्वाब सम्बन्धीत स्थानमा नपुगेर हरिपूर्वाका दुई जनाको रिपोर्ट नआएको हुनसक्ने प्रजिअ जिसीको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech