नेकपा (एमाले) सर्लाहीले पार्टीमा आएको विभाजन दुखपुर्ण रहेको भन्दै बिचलित नहुन आग्रह गर्दै बिज्ञप्ति जारी गरेको छ । नेकपा(एमाले) सर्लाहीका जिल्ला अध्यक्ष रेवती पन्तद्धारा हस्ताक्षरीत विज्ञप्तिमा देश र जनताको आशा एवम भरोसाको प्रतिक रहेको पार्टी विभाजनमा गएको टुलुटुल हेरेर वस्न वाध्य देशभरका नेता, कार्यकर्ता एवम आम समर्थक स्तव्ध भएको उल्लेख गरिएको छ ।
पार्टीका नेताहरुले एकता जोगाउन गम्भिरता देखाउन नसक्नु दुखद रहेको समेत नेकपा(एमाले)सर्लाहीले विज्ञप्तीमार्फत जनाएको छ । पार्टी निर्माण गर्न वलिदान गर्ने सहिद, रगत–पसिना वगाउने योद्धा र आम जनताको लागि विष पियर पनि एकता जोगाउन मेहनत गर्नु पथ्र्यो, त्यो नहुनु खेद जनक रहेको पनि अध्यक्ष पन्तद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जिल्ला भरका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक र आम जनसमुदायहरुलाई विचलित नहुन पनि विज्ञप्ती मार्फत आव्हान गरिएको छ । केही दिन भित्रै जिल्लाको उपयुक्त स्थानमा वृहद भेला राखि प्राप्त सुझावको आधारमा नेकपा(एमाले) सर्लाहीले परिपक्व निर्णय लिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।