टिपरको ठक्करबाट साईकलयात्री साहकाे मृत्यु

341 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ५ मा टिपरको ठक्करबाट एकजनाकाे ज्यान गएकाे छ ।लालबन्दी  नगरपालिका ५ मेजरगंज स्थित भित्री सडक खण्डमा जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेको ना २ क ५०१ नम्बरको टिपरको ठक्करबाट कविलासी नगरपालिका ८ अगर्वाका अन्दाजी वर्ष २० का सचिन साहकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।

t2.jpeg
उनका अनुसार साईकलमा सवार कविलासी नगरपालिका ८ अगर्वाका अन्दाजी वर्ष २० का साहलाई ना २ क ५०१ नम्बरको टिपरले ठक्कर दिएको थियाे।साईकल यात्रीलाई ठक्कर दिएपछि टिपरका चालक फरार भएका र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।प्रहरीका अनुसार घटनास्थलमा रहेको ना २ क ५०१ नम्बरको टिपरलाई स्थानीयले आगो लगाएका छन् ।साहको शव प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा राखिएको छ।पछिल्लो समयमा सर्लाहीमा टिपर आतंक भएपनि सरोकारवाला निकाय कानमा तेल हालेर बसेको स्थानीयको आरोप छ ।

सम्बन्धित समाचार