Close This

लायन्स क्लबद्धारा लालबन्दीका ३० विपन्न तथा सुकुम्बासी परिवारलाई बाख्रा वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-६ गते   १४९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाको २ वटा वडाका ३० जना अति विपन्न तथा सुकुम्बासीहरुलाई बाख्रा वितरण गरिएको छ । लालबन्दी नगरपालिका १३ र १७ का गरी ३० जना सुकुम्बासी तथा अति विपन्न नागरिकहरुलाई अर्थाेपार्जन होस भनेर बाख्रा वितरण गरिएको आयोजकले जनाएको छ । 
लायन्स क्लब इन्टरनेस्नलका पाष्ट काउन्सिल चियर पर्सन  भरत प्रसाद ढुंगेलको विशेष पहलमा लायन्स क्लब अफ लालबन्दी सिटी,लायन्स क्लब अफ लालबन्दी र लायन्स क्लब अफ लालबन्दी सेन्चुरीको आयोजना तथा लालबन्दी नगरपालिका १३ र १७ को संयोजनामा लालबन्दी नगरपालिका १३ का १५ जना सुकुम्बासी तथा अति विपन्न नागरिक र लालबन्दी नगरपालिका १७ का १५ जना सुकुम्बासी तथा अति विपन्न नागरिकहरु गरी ३० जनालाई १÷१ वटाका दरले बाख्रा वितरण गरिएको लायन्स क्लब अफ लालबन्दी सिटीका जोन चियर पर्सन राज कुमार न्यौपानेले जानकारी दिनुभयो । 


स्थानिय सुकुम्बासीहरु र अति विपन्न नागरिकहरुको आयआर्जन बढाउन बाख्रा वितरण गरिएको र आफुहरुले वितरण गरेको बाख्राबाट उत्पादन भएको पहिलो बच्चा लायन्स क्लबमार्फत सोही स्थानका अरु सुकुम्बासीहरु र अति विपन्न नागरिकहरुलाई वितरण गरिने लायन्स क्लब इन्टरनेस्नलका पाष्ट काउन्सेलर चियर पर्सन ढुंगेलले बताउनु भयो । उहाँका अनुसार लायन्स क्लबले वितरण गरेका बाख्राको बिमा गरिएको छ भने सम्बन्धीत वडा कार्यालयबाट पशु सेवा चिकित्सकको समेत व्यावस्था गरिएको छ ।
विभिन्न समयमा सामाजिक काम गरि रहेको लायन्स क्लबले लालबन्दी नगरपालिकामा रहेका १७ वटैवडाका सुकुम्बासीहरु र अति विपन्न नागरिकहरुको आयआर्जन बढाउन बाख्रा वितरण लगायतका आय आर्जनमुलक काम गर्दै जाने लायन्स क्लब अफ लालबन्दी सिटीका चार्टर प्रेसिडेन्ट दिपेन्द्र अधिकारीले जानकारी दिनु भयो ।
पहिलो चरणमा परिक्षण स्वरुप लालबन्दी नगरपालिकाका २ वटा वडामा मात्र बाख्रा वितरण गरिएको र पछि क्रमैसंग अरु वडामा पनि सुकुम्बासीहरु र अति विपन्न नागरिकहरुको पहिचान गरि बाख्रा वितरण गरिने लायन्स क्लब अफ लालबन्दी सेन्चुरीका चार्टर प्रेसिडेन्ट निर्मल आर्चायले बताउनु भयो । लालबन्दी नगरपालिका १३ र १७ का वडा अध्यक्षहरु क्रमस शिवकृष्ण वैद्य र नवराज अधिकारीको रोहबरमा वडाका सुकुम्बासीहरु र अति विपन्न नागरिकहरुको पहिचान गरि बाख्रा वितरण गरिएको लायन्स क्लबले जनाएको छ । 


बाख्रा वितरण कार्यक्रममा लायन्स क्लब अफ लालबन्दी सिटीका चार्टर प्रेसिडेन्ट  दिपेन्द्र अधिकारी,प्रेसिडेन्ट विकल जर्घा मगर,चिरन्जीवि खतिवडा,पाष्ट प्रेसिडेन्ट दान प्रसाद अधिकारी र जोन चियर पर्सन राज कुमार न्यौपाने, लायन्स क्लब अफ लालबन्दीका भरत ढुंगेल,पुर्षाेतम अधिकारी र सुरेश पौडेल,लायन्स क्लब अफ लालबन्दी सेन्चुरीका चार्टर प्रेसिडेन्ट निर्मल आर्चाय,पाष्ट प्रेसिडेन्ट शाकार शर्मा, पाष्ट प्रेसिडेन्ट गोपाल श्रेष्ठ र सेक्रेटरी मोहन राउत लगायत लालबन्दी नगरपालिका १३ का वडा अध्यक्ष शिवकृष्ण वैद्य र वडा नम्बर १७ का वडा अध्यक्ष नवराज अधिकारीको विशेष उपस्थिती रहेको थियो । लायन्स क्लबले बाढी पीडितहरु,हाक्ती पीडित नागरिकहरुलाई खाद्यन्न तथा लक्ता कपडा समेत विभिन्न समयमा सहयोग गरि रहेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech