Close This

बसबरिया गाउँपालिकामा कोको ?

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१४ गते   १७७१ पटक हेरिएको

बसबरिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवारहरु विजयी भएका छन् ।  बसबरिया गाउँपालिकाको अध्यक्षमा जसपाका रामसिंहासन राय ४ हजार ९ सय ४६ मतसहित विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान गाउँपालिका अध्यक्ष नेपाली कांग्रेसका रामअयोध्या यादवले २ हजार ८ सय ७१ मत प्राप्त गनृुभयो ।
गरे । त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा जसपाकै सरिता कुमारी ४ हजार ७ सय ९५ मत सहित विजयी हुँदा उहाँकी निकतम् प्रतिद्वन्द्वी कांग्रेसकी निभा कुमारीले ३ हजार २ सय ३३ मत प्राप्त गर्नुभयो ।
६ वटा वडा रहेको चक्रघट्टा गाउँपालिकाको वडा नम्बर १ मा जसपाका शिवेन्द्र मोहन यादव १ हजार ४१ मत, वडा नम्बर २ मा नेपाली कांग्रेसका विन्देश्वर यादव ५ सय २९ मत, वडा नम्बर ३ मा नेपाली कांग्रेसका नन्दलाल महतो ५ सय ६० मत, वडा नम्बर ४ मा जसपाका राजेन्द्र प्रसाद साह १ हजार १४ मत, वडा नम्बर ५ मा जसपाका रामचन्द्र राय ७ सय ८२ मत र वडा नम्बर ६ मा नेकपा एमालेका नागेन्द्र प्रसाद साह ५ सय ८० मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech