सर्लाही प्रहरीद्धारा ६ वटा मोटरसाईकल २ जना मानिस सहित ठुलो मात्रामा भन्न्सार छलीको सामान बरामद्

गणेश खड्का    प्रकाशित: २०८०-५-६ गते   ७१५ पटक हेरिएको

सर्लाहीको विभिन्न स्थानबाट प्रहरीले दुई जना मानिस सहित ६ वटा मोटरसाईकल र ठूलो परिमाणमा भन्सार छली नेपाल ल्याउँदै गरेको सामान बरामद् गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही र मातहतका प्रहरी युनिटहरुबाट खटिएका प्रहरी टोलीले जिल्लाको ब्रम्हपुरी,पर्सा र बलराबाट दुई जना मानिस सहित ६ वटा मोटरसाईकल र किरानाका सामानहरुका साथै मोटरसाईकलहरुका पाटपुर्जाहरु बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । 
उनका अनुसार जिल्लाको ब्रम्हपुरी गाउँपालिका ६ स्थित नेपाल भारत सिमा क्षेत्रबाट एउटा बिआर ०६ एजे ०९४२ नम्बरको भारतिय मोटराईकलमा भन्सार छली नेपाल ल्याउँदै गरेको चिनी र खाने तेल,ब्रम्हपुरी गाउँपालिका २ मा ना ५ ख ८३१० नम्बरको बसलाई चेकजाँच गर्दा भन्सार छली  लुकाई छिपाई ल्याउँदै गरेको स्प्रिङ क्वायल,कलको हेड,पलंजर रड,कलको वासर र तराजु प्रहरीले नियन्त्रणमा नियन्त्रणमा लिएको हो ।
त्यस्तै पर्सा गाउँपालिका १ स्थित संग्राम्पुरबाट प्रदेश–२–०२–००१ प ५३६० नम्बर र बा २८ प २२७८ नम्बरको मोटरसायइकलमा मोबिल,मोटरसाईकलको हेडलाईट लगायत मोटरसाईकलका विभिन्न पार्टपुर्जाहरु र दुई जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी जिल्लाको बलरा नगरपालिका २ स्थित सिमा क्षेत्रमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्लाको प्रहरी टोलीले संयुक्त रुपमा खटिई विआर ०५ त २८६८,विआर ३० जेड ४८०३ र विआर ०५ एबी ७१७६ नम्बरको मोटरसाईकल सहित चिनी,धनियाँ,पुजा गर्ने धुप,कुरकुरे,विस्कुट र सेम्पु लगायतका सामान नियन्त्रणमा लिएर आवश्यक कार्बाहीको लागि सर्लाही भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech