Close This

दुधौलीको सडकमा अनियमितता, पत्रकारलाई प्रलोभनामा पार्दै ठेकेदार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-२० गते   १९७ पटक हेरिएको

सिन्धुलीको दुधौली नगरपालिका १० र १३ जोड्ने रु २६ करोड लागतमा निर्माण गरिएको बाटोको पिच सुक्न नपाउँदै भत्किएको छ । जिल्लाको दुधौली नगरपालिका १० लखिमाबाट वडा नं. १३ ठाकुर दमारसम्म गरिएको कालोपत्रे नसुक्दै उप्किएको हो । १२.५ किलोमिटरको लम्बाइमा रहेको यस सडकमा ३ किलोमिटर सडकको कालोपत्रे पुरै उप्किएको छ । वार्षिक रुपमा छुट्याईएको बजेट सक्ने हतारोमा कमसल पदार्थ प्रयोग गरि सडक कालोपत्रे गरिएकोले उप्किएको स्थानिय जानकारहरुले बताएका छन् ।


ठेकेदार कम्पनी इसिआई कन्काई जेभीले निर्माणको ठेक्का पाएको थियो । पछि सडक निर्माण कार्यको ठेक्का इमानुवल निर्माण कम्पनीले लिएको थियो । सडकको कालोपत्रे तीन सेन्टिमिटर हुनु पर्ने सम्झौता भएपनि त्यो भन्दा पातलो विछ्याईएपछि कालोपत्रे उप्किएको पाइएको छ । 
असार १६ गते राति ठूलो पानी परेर खोल्सा थुनिएकोले त्यसको असर सडकमा परेको  ठेकेदार कम्पनीका सञ्चालक छत्र बम्जनले बताउनु भयो ।  सडक निर्माणको गुणस्तरमा कुनै सम्झौता नगरेको दाबी गर्दै उहाँले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सडक भत्किएको तस्बिर भाइरल गरेर तिललाई पहाड बनाएको आरोप लगाउनु भयो । राज्यको रकम एकसुक्का पनि नलिई तीन वर्षसम्म बाटो निर्माणलाई निरन्तरता दिने र अबको निर्माण कमजोर नहुने समेत उहाँले बताउनु भयो ।
त्यस्तै आफूले गरेको गल्ती ढाकछोप गर्न ठेकेदारले पत्रकारहरुलाई नै प्रलोभनमा पार्नु भएको छ । आफू काठमाडौंमै रहेका ठेकेदारले पत्रकारहरुलाई प्रलोभनामा पार्नु भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पनि  सडकको अवलोकन गर्न दुधौली पुगेको खबर प्राप्त भएको छसोम प्रसाद न्यौपाने

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech