Close This

चाडपर्व लक्षीत सडकमर्मत सम्भारको काम सम्पन्न,स्थानिय वडाबासी खुसी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-२७ गते   ४८ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ११,१२,१३,१४,१५ र १६ ले नेपालीहरुको महान चाड दसैंलाई लक्षीत गरि आफ्नो वडामा रहेका कच्ची सडकहरुको स्तरोउन्नती गरेको छ । चाडपर्वको समय आफ्नो घर तथा आफ्न्तको घर जान आउन सहज होस भनेर आफ्नो वडा अन्र्तगत रहेका कच्ची सडकहरुलाई स्तरोउन्नती गरि आउन जान सहज बनाएको लालबन्दी नगरपालिका १३ का वडा सदस्य मोहन राउतले जानकारी दिनु भयो ।
 उहाँका अनुसार लालबन्दी नगरपालिका ११,१२,१३,१४,१५ र १६ ले आफ्नो वडा अन्र्तगत रहेका कच्ची सडकहरु वर्षाको समयमा भत्कीएका कारण आफ्ना नागरिकहरु आफ्नो तथा आफन्तको घरसम्म सहज रुपमा पुगुन भनेर सडकलार्य आउन जान सकिने गरि मर्मत सम्भार गरिएको हो ।
दशैँको शुभकामना प्रदान गर्दै सहज रुपमा घर सम्म पुग्न सहज यात्राको लागि कच्ची सकडहरुको मर्मत सम्भारमा लागेका वडाहरुले अहिले आफ्नो वडाका सबै कच्ची सडकहरुको ममृत सम्भार गरि सकेको लालबन्दी नगरपालिका ११ का वडा अध्यक्ष दिपक कुमार लामाले बताउनु भयो ।
तिलबारी बतासे , नारायण डाडा , तल्लो पथर्कोट सेतिभिर भाटिघारी,नारायण खोला,देउराली,धुसेनी लगायतका स्थानका वर्षायाममा बिग्रेका भत्कीएका सडकहरुको  मर्मत सम्भारको काम गरिएको लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश बहादुर थापाले जानकारी दिनु भयो । आफ्नो घर जान आउन तथा आफन्तलाई भेट्न जान आउनु सहज बनाई दिएको भन्दै स्थानिय वडाबासीहरुले खुसी व्यक्त गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech