Close This

सिन्धुलीका ९ वटै स्थानिय निकायवाट प्रतिनिधि सभा सदस्यका लागि दाहालको नाम सिफारिस

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-१९ गते   १३२१ पटक हेरिएको

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि सिन्धुलीका ९ वटै स्थानिय निकायले नेकपा(माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य लेखनाथ दाहाल(राजन)को नाम सर्व सहमत सिफारिस गरेका छन् । २ नगरपालिका र ७ गाउँपालिका रहेको सिन्धुलीमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य दाहालको नाम १ नम्बरमा र हरिवोल गजुरेलको नाम २ नम्बरमा सिफारिस गरेको नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सिन्धुलीले जनाएको छ ।
पोलिट ब्युरो सदस्य दाहाललाई कमलामाई नगरपालिका दुधौली नगरपालिका,हरिहरपुरगढी गाउँपालिका,मरिण गाउँपालिका,सुनकोशी गाउँपालिका,घ्याङ्गलेख गाउँपालिका,फिक्कल गाउँपालिका,गोलन्जोर गाउँपालिका र तीनपाटन गाउँपालिकाले १ नम्वरमा राखेर प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्यको लागी नाम जिल्ला समन्वय समितीमा पठाएको हरिहरपुरगढी गाँउ कमिटीका अध्यक्ष एवम जिल्ला समन्वय समिति सिन्धुलीका सभापति कारसाङ्ग लामाले जानकारी दिनुभयो ।उहाँका अनुसार मरिण गाँउपालीकावाट पार्टी अध्यक्ष एवम गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)सहित ३ जनाको नाम सिफारिस भएको छ ।
सिन्धुलीमा २ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन भने ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । २ वटा प्रतिनिधी सभा क्षेत्रको लागी समानुपातीक उम्मेदवारहरुको नाम तथा ४ वटै प्रदेश सभा सदस्यको प्रत्यक्ष तर्फ र समानुपाती तर्फको लागी उम्मेदवारको नाम टुङ्गो लागेको माओवादी केन्द्र सिन्धुलीले जानकारी दिएको छ  । 

सोमबार माओवादी केन्द्र जिल्ला समन्वय समिती सिन्धुलीको वैठकले ९ वटै स्थानिय निकायहरुवाट आएका नामहरु वागमती प्रदेश कमिटीलाई पठाउने माओवादी केन्द्र जिल्ला समन्वय समितिले जनाएको छ ।

यस अघिको प्रतिनिधि सभा निर्वाचन १ को प्रदेश सभा (क)बाट प्रदेश सभाको निर्वाचनमा दाहाल प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो भने गजुरेल प्रतिनिधि सभा निर्वाचन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech