जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नयाँ प्रमुख जिल्ला अधिकारी हाजिर भएका छन् । सामान्य प्रशासन मन्त्रालयले केही दिन पहिला सरुवा गरेपछि जिल्ला प्रशासन कार्यालय सोमबारदेखि प्रमुख जिल्ला अधिकारी बिहीन भएको थियो । भने अहिले नयाँ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव हाजिर भएका हुन ।
प्रमुख जिल्ला अधिकारी यादवलाई सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदी, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक सन्तोष ढुंगेल,जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत राजकुमार थापा लगायतले स्वागत गरेका हुन् । प्रमुख जिल्ला अधिकारी यादव सुनसरीबाट सरुवा भई सर्लाही आएका हुन् ।
प्रमुख जिल्ला अधिकारी यादवले कार्यालयका कर्माचारीहरुबाट कार्यसम्पादनमा साथ, सहयोग र समन्वयको अपेक्षा गरेको बताएका छन् । यसअघिका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम सोमवार बिदा भएर गएका थिए । गौतमको गृह मन्त्रालयमा सरुवा भएको छ ।