७ राजनीतिक दलको मसाल जुलुसमा प्रहरीको बल प्रयोग

283 Shares

सर्लाही सदरमुकाम मलंगवामा सात राजनीतिक दलहरुले निकालेको मसाल जुलुस कार्यक्रममा प्रहरीले बल प्रयोग गरेको छ।मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रति असन्तुष्टी जनाउँदै त्यसको विरोधमा विभिन्न सात राजनीतिक दलहरुले निकालेको मसाल जुलुसमा प्रहरीले बल प्रयोग गरेर गैर कानूनी कार्यलाई साथ दिएको नेपाली कम्युनिष्ट पार्टीका नेता लुमणी धिमाल(लोचन)ले जानकारी दिए ।उनका अनुसार सर्लाही सदरमुकाम मलंगावमा निकालीएको शान्तीपूर्ण मसाल जुलुसमा प्रहरीले बल प्रयोग गरेपनि मसाल जुलुस सफल भएको छ।
केही दिनअघि तत्कालिन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधान विपरीत नेकपा (एमाले)संसदीय दलका नेता सरोज कुमार यादवलाई बर्दिवास १ स्थित रहेको एक होटलमा मुख्यमन्त्रीमा नियुक्त गरेकपछि त्यसको विरोधमा प्रादेशीक राजधानी जनकपुर सहित मधेशका जिल्लाहरुमा सात राजनीतिक गठबन्धनले निरन्तर विरोधका कार्यक्रमहरु गरि राखेको नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवम निवर्तमान मन्त्री विरेन्द्र प्रसद सिंहले बताए।उनका अनुसार सात राजनीतिक गठबन्धनमा स्पष्ट बहुमत रहेको भएपनि तत्कालिन प्रदेश प्रमुख भण्डारीले संविधान विपरीत एमाले संसदीय दलका नेता यादवलाई होटलमा रातीको समयमा मुख्यमन्त्री नियुक्त गरेपछि त्यसको विरोध स्वरुप मधेशका सात राजनीतिक दलहरु एक भएर विभिन्न किसिमका विरोधका कार्यक्रमहरु गरी रहेका छन् ।
तत्कालिन प्रदेश प्रमुख भण्डारीले संविधान विपरीत एमाले संसदीय दलका नेता यादवलाई होटलमा रातीको समयमा मुख्यमन्त्री नियुक्त गरेपछि उनको प्रदेश प्रमुख पद गएको भएपनि  त्यही कार्यलाई सभामुख रामचन्द्र मण्डलले समेत साथ दिएपछि उनी विरुद्धपनि सात राजनीतक दलहरुको गठबन्धनले महाअभियोग पत्र दर्ता गराएका छन् ।आन्दोलित सात राजनीतिक दलले संविधान अनुसार नयाँ मुख्यमन्त्री नियुक्त गर्न माग गरेका छन् । मधेशका सात राजनीतिक दलका प्रदेश सभा सदस्यहरुले उप सभामुखको वविता कुमारी राउत इशरको उपस्थितिमा प्रदेश सभा बाहिर चौरमा बसेर छलफल समेत गरेका छन् ।

सम्बन्धित समाचार