Close This

सर्लाहीमा धुमधामका दाहा मेलाको आयोजना

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-४ गते   ५९ पटक हेरिएको

सर्लाहीका ग्रामीण भेगमा धुमधामका साथ  मोहरमको अवसरमा आज(शुक्रवार) दाहा मेलाको आयोजना गरिएको छ । विशेषगरी मुस्लिमहरुको बसोबास रहेको जिल्लाका गाउँहरुमा दाहा मेलाको आयोजना गरिएको हो ।
मेलामा लठ्ठी, फरसा, तलवार र भालालगायतका सामग्रीले खेल प्रदशन गरिएको थियो ।कतिपय गाउँमा खेलाडीहरु बिच लठ्ठी लडाएर प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा विजयी हुने खेलाडीहरुको मनोवल बढाउन  मेला आयोजकको तर्फबाट पुरस्कार समेत वितरण गरिएको छ ।
जिल्लाको सदरमुकाम मलंगवासहित सलेमपुर, गैर, फरहदवा(ढंगरा पुल),सुन्दरपुर, शिवनगर, बरहथवा,हरिवन लगायत मुस्लिम समुदायको बाक्लो उपस्थिति रहेका  ठाउँमा दाहा मेलाको आयोजना गरिएको छ । मेलामा कुनै किसिमको होहल्ला नभइ शान्तिपुर्वक सम्पन्न भएको जानकारी प्राप्त भएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech