Close This

शहिद परिवारको आवाश निर्माणको काम अन्तिम चरणमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हस्तान्तरण गर्ने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-२६ गते   ३८९५ पटक हेरिएको

निर्माणाधिन शहिद परिवार आवाश गृह

सर्लाहीको बागमती नगरपालिका १२ का सर्लाही कै पहिलो शहिद परिवारको आवाश निर्माण गर्ने काम अन्तीम चरणमा पुगेको छ । सर्लाहीका प्रथम शहिद स्वा.इन्द्र कोईरालाका परिवारलाई नेकपा(माओवादी केन्द्र) सर्लाहीको पहलमा आवाश निर्माणको काम जारी रहेको छ ।
२०५५ साल कार्तिक १० गते तत्कालीन जनयुद्धको क्रममा क्रुर शासकहरुसंगको लडाईमा कोईरालाको ज्यान गएको थियो ।  २ छोरा र २ छोरी रहेका स्वा.कोईराला परिवारलाई माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाहीका संयोजक एवम हरिवन नगरपालिकाका नगर प्रमुख रमेश कुमार बुढाथोकी(कमल)को विशेष पहलमा सुरु भएको आवाश निर्माणको काम अन्तीम चरणमा पुगेको स्वा.कोईराला आवाश निर्माण समितिका अध्यक्ष एवम योङ्ग कम्युनिष्ट लिग(वाईसिएल) नेपालमधेश प्रदेशका संयोजक मोहनलाल श्रेष्ठ(सन्देश)ले जानकारी दिनु भयो । उहाँका अनुसार आवाश निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आवाश निर्माणको काम सम्पन्न भएपछि नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)ले शहिद कोईराला परिवारलाई हस्तान्तरण गर्ने स्वा.कोईराला आवाश निर्माण समितिका अध्यक्ष एवम योङ्ग कम्युनिष्ट लिग(वाईसिएल) नेपालमधेश प्रदेशका संयोजक सन्देशले बताउनु भयो ।
माओवादी केन्द्र सर्लाहीले देशभरमै पहिलो पटक शहिद परिवारको आवाश निर्माणको काम गरेको र स्थानिय निकायको निर्वाचन २०७९ बैशाख ३० का कारण निर्माण सम्पन्न गर्न केही ढिलो भएको माओवादी केन्द्र सर्लाहीले जनाएको छ ।आवश निर्माणका लागि माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुबाट निर्माण सामाग्री एवम आर्थिक संकलन भएको र सोही अनुसार आवाश निर्माणको काम जारी रहेको समितिले जनाएको छ ।
बागमती नगरपालिकाले करिब २४ धुर जमिन उपलब्ध गराएको र सोही जमिनमा शहिद परिवारको आवाश निर्माणको काम जारी रहेको बागतमी नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिनु भयो । उहाँका अनुसार शहिद परिवारको आवाश निर्माणको काम अन्तिम चरणमा पुगेको र अहिले प्लाष्टरको काम जारी रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech