सर्लाहीको ईश्वरपुर नगरपालिका ३, तिनघरिया लोहर्वा पुल नजिक फेला परेको शवको पहिचान हुन नसकेको सर्लाही प्रहरीले जनाएको छ । शनिबार फेला परेको शवको आईतबार पनि सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
इश्वरपुर नगरपालिका ३ तिनघरिया लोहर्वा पुल नजिक फेला परेको अन्दाजी २५÷२६ वर्षका पुरुषको शवको आईतबार पनि पहिचान खुल्न नसेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिनु भयो । उहाँका अनुसार शंकास्पद अवस्थामा शव फेला परेको र शवको पहिचान खुलाउन अनुसन्धान गर्ने कार्य भईरहेको छ ।
कालो निलो ज्याकेट, कालो रंगको ट्राउजर, निलो जिन्स पाइन्ट, दाहिने हातमा जय माता दी लेखिएको पित्तलको बाला लगाएका अन्दाजी ५ फिट ८ इन्च उचाई भएका पुरुषको शव फेला परेको खबर पाउना साथ प्रहरी उपरिक्षक आफैँ घटनास्थलमा पुग्नु भएको थियो ।शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सर्लाहीमा राखिएको प्रहरी प्रवत्तःा प्रहरीनायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।