जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाही मातहतका चार जना असई तथा सईलाई जिल्ला बाहिर सरुवा गरिएको छ।लामो समयदेखि सर्लाहीमा बसेर विभिन्न युनिटहरुको प्रमुख भई काम गरेर प्रहरी संगठनलाई बद्नाम गराउने कार्यमा संग्लग्न भई विवादमा आएका प्रहरी अधिकारीहरुलाई जिल्ला बाहिर सरुवा गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया,बारा,मधेश प्रदेशले जनाएको छ ।
कार्यालयका अनुसार लामो समयदेखि सर्लाहीमा बसेर अस्थायी ट्राफिक प्रहरी कार्यालय नयाँरोड तथा यातायात हेर्ने गरी बसेका बरिष्ठ सई भानुभक्त नेपाल,लामो समयदेखि सर्लाहीमा रहेका असई हिरालाल पुरी,भोलेनाथ मण्डल र अर्का असई सुदिप सिलवाललाई सर्लाहीबाट सरुवा गरी अन्यन्त्र पठाईएको हो ।
लामो समय सम्म एउटै जिल्लामा बसेर प्रहरी संगठनको आचरण विपरितका गतिविधिहरुमा संग्लग्न रहेका भन्दै चौतर्फी विवाद सृजना भएपछि उनीहरुलाई अन्यन्त्र सरुवा गरि उनीहरुको ठाउँमा सई बलिराम साह सोनार,असई गोपी क्षेत्री,रामवली प्रसाद साह र शम्भु यादवलाई सर्लाही पठाईएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया, बारा,मधेश प्रदेशले जनाएको छ ।
कुनै प्रहरी कर्मचारी एउटै ठाउँमा लामो मसय बस्दा प्रहरी संगठनको आचरण विपरितका कार्यमा संग्लग्न रहने गरेका गुनासाहरु आएपछि प्रहरी संगठनको शाख जोगाउन र आचरण विपरितका गतिविधिहरु न्यूनिकरण गर्ने काममा आफुपनि लागि परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक अशोक कुमार साहले बताए।करिब तीन महिना पहिला जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीको प्रमुख भएर सर्लाही आएका प्रहरी निरीक्षक साहले प्रहरी संगठनको आचरण विपरितका गतिविधिहरुमा संग्लग्न नहुन र भएको पाएमा आफ्नो क्षेत्राधिकार भित्रको हदै सम्मको कार्बाही गर्ने बताएका छन् ।