निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउन जिल्ला निर्वाचन आचारसंहिता समितिकाे २४ घण्टे अल्टिमेटा

1.6k Shares

 जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति सर्लाहीले जिल्लामा आचारसंहिता विपरीत प्रयोग भएका चुनाव प्रचारप्रसार सामग्री २४ घण्टाभित्र हटाउन भन्दै विज्ञप्ति जारी गरेकाे छ । समितिले मंगलबार  एक विज्ञप्ती जारी गर्दै दल तथा उम्मेदवारलाई आचारसंहिताको उल्लंघन हुने गरी प्रयोग गरिएका प्रचार सामग्री हटाउन अनुरोध गरेको हो । 
समितिका सदस्य सचिव एवम जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख निर्मल पोख्रेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा जिल्लाभित्र अनुगमनका क्रममा गेट,पोष्टर,पप्पलेट,ब्यानर,तोरण, होडिङ बोर्ड,झण्डा,भारतीय नम्वर प्लेटको सवारी साधन प्रयोग भएको जानकारीमा आएकाले त्यस्ता कार्य नगर्न संलग्न सबैलाई सचेत गराइएको छ । यही अवस्था रहे कानून एवम निर्देशिका भन्दा उम्मेद्वार माथि रहेको हो भनी जनमानसमा नकारात्मक प्रभाव परेको बुझ्न आएको विज्ञप्तीमा उल्लेख गरिएको  छ ।विज्ञप्तीमा आचारसंहिता उल्लंघन गर्दा निर्वाचन आचारसंहिता २०७९ को दफा ३२ (ज) मा भएको व्यवस्था अनुसार सक्षम निकायबाट प्रक्रिया बमोजिम उम्मेदवारी खारेज गर्न गराउने प्रक्रियासम्मको अनुसन्धान सिफारिस लगायतका कानून बमोजिमका सम्पूर्ण विधि,मान्यता अबलम्बन गर्न समिति बाध्य हुने उल्लेख छ । 
त्यस्तै, मंगलबार नै  मलंगवामा बसेको समितिको बैठकले २४ घण्टाभित्र अर्थात भोली(बुधबार) साँझसम्ममा आचारसंहिता विपरीतका चुनाव प्रचारप्रसार सामग्री स्वत : स्फूर्त नहटाए प्रहरी लगाएर हटाउने निर्णय गरेको  जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति सर्लाहीका संयाेजक जीवन पुरीले बताए ।
जिल्लाका सबै पार्टीका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता विपरित भारतिय नम्बरका सवारीसाधनहरुकाे प्रयाेग गर्नुका साथै  आचारसंहिता विपरीत तुल,ब्यानर,पर्चा, पम्प्लेट ,ताेरण र गेटहरु बनाएका छन् ।

सम्बन्धित समाचार