लालबन्दी १४ मा नारायण खोलको करिब १२ बिघा क्षेत्रफलको गाँजा फडानी

1.1k Shares

सर्लाहीको लालबन्दी नगरपालिका १४ नारायण खोलामा करिब १२ बिघामा लगाएको अवैध लागु औषध गाँजा खेती प्रहरीले नष्ट गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले लालबन्दी नगरपालिका १४ नारायण खोला क्षेत्रमा लगाईएको करिब १२ बिघा क्षेत्रफलको अवैध लागु औषध गाँजा खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदीले जानकारी दिए ।


उनका अनुसार लालबन्दी नगरपालिका १४ को नारायण खोला स्थित नौसय बिघा,मोटरदोभान लगायतको क्षेत्रमा स्थानीयले लगाएको करिब १२ बिघा क्षेत्रफलको अवैध लागु औषध गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो । 
मधेश प्रदेशको कर्णाली भनेर चिनिने नारायण खोलामा प्रहरी गएर हरेक वर्ष ठुलो क्षेत्रफलमा लगाएको अवैध लागु औषध गाँजा खेती फडानी गरी नष्ट गर्ने गरेको भएपनि  स्थानीयले गाँजा खेती गर्न छाडेका छैनन् ।
आम्दानी राम्रो हुने देखेर स्थानीयले पछिल्लो ५÷७ वर्षदेखि सो क्षेत्रमा अवैध लागु औषध गाँजा खेती गर्दै आइरहेका छन् । तर,नेपालको कानूनले गाँजा खेतीलाई प्रतिवन्ध लगाएको छ । प्रहरीले गाँजा खेती नष्ट गरिरहँदा स्थानीयहरुमा भने रुवावासी भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुवेदी आएदखि सुरु भएको अवैध लागु औषध गाँजा खेती फडानी र नष्ट अभियानले हाल सम्म करिब ५० बिघा क्षेत्रफलमा लगाएकोअवैध लागु औषध गाँजा खेती फडानी गरी नष्ट गरि सकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

सम्बन्धित समाचार