माेटरसाईकलकाे ठक्करबाट हरिपुर १ का पाेखरेलकाे मृत्यु

36 Shares

सर्लाहीको हरिपुर नगरपालिका १, जानकीनगर स्थित भित्री सडक खण्डमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

हरिपुर नगरपालिका १ जानकीनगरका अन्दाजी ३८ वर्षीय इन्द्रहरि पोखरेलको माेटरसाईकलकाे ठक्करबाट ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार गएराति करिब ८ बजे गाउँको भित्री सडकमा उत्तरतर्फबाट बरहथवातर्फ गइरहेको ज ८ प ६८८९ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पाेखरेल घाईते भएका पाेखरेललाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात् थप उपचारका लागि वीरगन्जतर्फ लैजाने क्रममा रौतहटको चन्द्रनिगाहपुर पुर्याउँदा मृत्यु भएको हाे ।

मोटरसाइकल चालक कविलासी नगरपालिका ७ सिरसियाका अन्दाजी वर्ष २० का शिवनाथ राम र दुर्घटनामा संग्लग्न माेटरसाईकल ईलाका प्रहरी कार्यालय हरिपुरकाे नियन्त्रणमा रहेका छन् भने मृतक पोखरेलको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुरमा नै राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार