फोनिजद्धारा पत्रकार महासंघलाई सात दिने अल्टिमेटम सहितको स्मरण–पत्र,

564 Shares

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सर्लाहीले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई सात दिने अल्टिमेटम सहितको स्मरण–पत्र बुझाएको छ ।(आज)मंगलबार दिउँसो महासंघ सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्री मार्फत केन्द्रीय समितिलाई स्मरण–पत्र बुझाईएको फोनिज सर्लाहीका सचिव राजु लो तामाङले जानकारी दिए ।

429688198_2705416552960487_4839682722291156998_n.jpg
नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष समेत रहेका फोनिज संघीय विधान समिति सदस्य शंकर श्रेष्ठ,फोनिज सर्लाही अध्यक्ष घनश्याम बलम्पाकी,उपाध्यक्ष रिना आले र सचिव तामाङ लगायतले अध्यक्ष क्षेत्रीलाई सात दिने अल्टिमेटम सहित स्मरण पत्र बुझाएका हुन् ।“नेपाल पत्रकार महासंघको गलत इतिहास सच्याउन लामो समयदेखि संघर्षरत रहेको सर्वविदितै छ ।तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ) को संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन्।श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा नेपाल पत्रकार महासंघका सबै समितिमार्फत माग गरिएको थियो।”अल्टिमेटम पत्रमा भनिएको छ,“तर,गलत इतिहास सच्याएर अग्रजको योगदानलाई सम्मान गर्न महासंघ तयार भएन।सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासंघ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासंघको नीतिविरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको छ।तसर्थ,सात दिनभित्र श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दछौं ।

429908125_2705416566293819_2559674052372158087_n.jpg
हाम्रो माग पूरा नभए नेपाल पत्रकार महासंघको केन्द्र सहित देशैभरका कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरिने जानकारी गराउँदछौं ।फोनिजको केन्द्रीय कार्यक्रम अन्तर्गत मंगलबार(आज)नेपाल पत्रकार महासंघका सर्लाही सहित सबै शाखाहरुलाई अल्टिमेटम सहितको स्मरण पत्र बुझाईएको सचिव तामाङले जानकारी दिए ।महासंघ सर्लाहीका अध्यक्ष क्षेत्रीका अनुसार फोनिजबाट प्राप्त पत्र नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा समेत पठाईसकिएको छ ।नेपाल पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षमा क्षेत्री आएदेखि जिल्लाका सञ्चारकर्मीहरु विच कतै न कतै तालमेल समेत नमिलेको पाइएको छ ।

सम्बन्धित समाचार