असई मण्डल र जवान यादव विच कर्मैया कार्यालय मै कुटाकुट

222 Shares

सर्लाहीको अस्थायी ट्राफिक प्रहरी चोक पोष्ट कर्मैयामा प्रहरी कर्मचारी विच कुटाकुट भएको घटना बाहिरिएको छ।अस्थायी ट्राफिक प्रहरी चोक पोष्ट कर्मैयाका प्रमुख असई राजाराम मण्डल र प्रहरी जवान रोहित कुमार यादव विच कमिसन भागवण्डको विषयमा विषयमा कुरा नमिल्दा कुटाकुट भएको पाइएको छ ।
धनुषादेखि सर्लाही सम्मका रात्रीकालीन यात्रु बाहक सवारी साधनहरुको दैनिक एन्ट्री हुने अस्थायी ट्राफिक प्रहरी चोक पोष्ट कर्मैयामा रात्रीकालीन यात्रु बाहक सवारी साधनहरुको एन्ट्री गर्दा रात्रीकालीन यात्रु बाहक सवारी साधनहरुबाट प्रति सवारी साधन रु ५० देखि सय सम्म कमिसन असुली हुने गरेको र शुक्रबार साँझ ६ देखि १२ को डिउटीमा रहेका प्रहरी जवान यादवले डिउटी सकिएपछि व्यारेकमा जाँदा कमिसन भागवण्डमा अस्थायी ट्राफिक प्रहरी चोक पोष्ट कर्मैयाका प्रमुख असई मण्डलसंग विवाद सृजना भएपछि कुटाकुटा भएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार असई मण्डल र जवान यादव विच कुटाकुट हुँदा असई मण्डलको बायाँ आँखाका चोक लागेको छ।भने सो विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीलाई जानकारी हुँना साथ बोलाई बुझ्ने काम समेत भएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर दरवन्दी रहेका जवान यादव र प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषा मधेश प्रदेश दरवन्दी रहेका असई मण्डल दुवैजना केही दिन पहिला मात्रै अस्थायी ट्राफिक प्रहरी चोक पोष्ट कर्मैया गएका समेत पाइएको छ । सो सम्बन्धमा असई मण्डलसंग बुझ्दा उनले रोक्नु पर्ने सवारी नरोक्ने र अन्य सवारी साधनहरु जो रोक्नु नपर्ने सवारी साधनहरुलाई रोकेर प्रमुखको निर्देशन समेत पालना नगरेका कारण सम्झाउँदा जवान यादवले हाटपात गरेका हुन।
यता,जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक अशोक साहले सामान्य रिस थेग्न नसकेर विवाद भएको साथै छानविन सुरु भएको बताए।तर प्रहरी जवान यादवका चिनजानका मानिस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषामा रहेका र उनले आफुलाई कार्बाहीबाट उन्मुत्ती पाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक साहलाई उताबाट फोन लगाएका समेत स्रोतको दाबी छ ।
यस अघिपनि अस्थायी ट्राफिक प्रहरी चोक पोष्ट कर्मैया मै सवारी साधन चेकजाँचको समयमा नेपाल प्रहरी र ट्राफिक प्रहरी विच विवाद भई कुटाकुट भएको थियो।भने केही दिन पहिला अस्थायी ट्राफिक प्रहरी चोक पोष्ट हरिवनका ट्राफिक प्रहरी कर्मचारी माथिपनि कुटपिट भएको थियो।उक्त घटना सेलाउन नपाउँदै अस्थायी ट्राफिक प्रहरी चोक पोष्ट कर्मैयामा अर्काे घटना घटेको हो ।

सम्बन्धित समाचार