गणेश खड्का
सर्लाहीको हरिवनबाट स्रोत नखुलेको रु १८ लाख र एउटा कार सहित प्रहरीले नियन्त्रणमा लिएका चार जनालाई सार्वजनिक गरेको छ । रु १८ लाख लिएर सर्लाहीको मधुवन गोठ तर्फ जालिनोट साट्न भनी काठमाडौंबाट कारमा आएका चार जनालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको हो ।
पक्राउ परि सार्वजनिक गरिएकाहरुमा कारका चालक मकवानपुरको हैटौंडा उपमहानगरपालिका ३ बासामाडी बस्ने अन्दाजी ४० वर्षीय हेमराज विश्वकर्मा,सोही कारमा सवार सुनसरीको बराहक्षेत्र नगरपालिका ४ घरभइ हाल काठमाडौं महानगरपालिका काँडाघारी बस्ने अन्दाजी ३१ वर्षीय मौसम मग्राती,खोटाङको रावावेशी गाउँपालिका ४ बस्ने अन्दाजी ४४ वर्षीय विमल तामाङ र अर्का एकजना रहेका छन् ।
नेपाल भारत सिमा क्षेत्र स्थित सर्लाहीको मधुवन गोठमा नेपाली १८ लाख सक्कली रुपैयाँमा ६० लाख जालि नोट साट्न भन्दै काठमाडौबाट आएका चार जनासंग नक्कली नोटवालाहरुको कुरा नमिलेपछि नोट नसाटी फर्किएको अवस्थामा हरिवन नगरपालिका ११ स्थित हरिवन बजारबाट मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय सर्लाहीको विशेष टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको रु १८ लाख र बागमती प्रदेश ०१ ०२६ च ०२९९ नम्बरको कार कुनै माध्यामबाट सार्वजनिक भएको भएपनि नियन्त्रणमा लिईएका कारका चालक मकवानपुरको हैटौंडा उपमहानगरपालिका ३ बासामाडी बस्ने अन्दाजी ४० वर्षीय हेमराज विश्वकर्मा,सोही कारमा सवार सुनसरीको बराहक्षेत्र नगरपालिका ४ घरभइ हाल काठमाडौं महानगरपालिका काँडाघारी बस्ने अन्दाजी ३१ वर्षीय मौसम मग्राती,खोटाङको रावावेशी गाउँपालिका ४ बस्ने अन्दाजी ४४ वर्षीय विमल तामाङ र अर्का एकजना रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका चारै जनालाई सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।