Close This

मधेश प्रदेशका विभिन्न जिल्लाबाट २ लाख भन्दा बढीको भन्सार छलीको सामान प्रहरीको नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१२-३ गते   ७६ पटक हेरिएको


गणेश खड्का
जिल्ला प्रहरी कार्यालय सिरहाले करिब ८० हजार बराबरको भन्सारछलीको सामान नियन्त्रणमा लिएको छ । प्रहरीले छिमेकी देश भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अन्दाजी मुल्य ७९ हजार बराबरको भन्सार छलीका विभिन्न सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
साथै जिल्ला प्रहरी कार्यालय धनुषाले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको करिब ७८ हजारमुल्य बराबरको भन्सार छलीको सामान नियन्त्रणमा लिएको जनाएको छ । 
छिमेकी देश भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अन्दाजी ७७ हजार चार सय २० बराबरको भन्सार छलीको सामानहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यस्तै,रौतहट प्रहरीले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अन्दाजी ५० हजार बराबरको भन्सारछलीका सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech