Close This

निजी विद्यालयले शुल्क असुलेको भन्दै अखिलको आपतीे

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-१९ गते   ७५१ पटक हेरिएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट विद्यार्थी संगठन अनेरास्ववियु सर्लाहीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएको छ । अनेरास्वबियुका जिल्ला संयोजक बिबेक मैनालीको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय मलंगवामा पुगेको विद्यार्थीहरुको टोलिले प्याब्सन र एनप्याब्सन ले ०७६/०७७ को बाकी शैक्षिक शुल्क उठाउन लागेको प्रती शुल्क मिनाह गर्नु पर्ने माग गर्दै विद्यार्थीहरुले प्रमुख जिल्ला अधिकारी पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
देश अहिले कोरोना संक्रमणको दलदलमा फसिरहेको अबस्थामा अभिभावकको डाढ सेकिने गरि निजी विद्यालयहरुले शुल्क असुल्न लागि रहेको समयमा अनेरास्ववियुले आफुहरुको गंभिरध्यानाकर्षण भएको भन्दै ज्ञापनपत्र बुझाएको हो ।अनलाईन कक्षा र ट्युसनको नाममा कक्षा संचालन गरेर निजि शैक्षिक संस्थाले अभिभावकहरु लाई फोन गरि विद्यार्थीको मनोसामाजिकलाई समेत ख्याल नगरी मानव जीवनमाथि नै खेलवाड गर्दै संकटको समयको समेत शुल्क उठाउने गरेको प्रति प्रमुखजिल्ला अधिकारीको ध्यानाकर्षण गराएको अनेरास्ववियू संयोजक मैनालीले वताउनु भयो ।

यसै बिच ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेलले सबै स्थानीय तह संग समन्वय गरि राज्यले गरेको निर्णय कार्यन्वयन गराउने र राज्यको नीति भन्दा बाहिर गएर शुल्क उठाएको पाईएमा कानुनी दायरामा ल्याउने प्रतिबद्दता जाहेर गर्नु भएको छ । साथै अनेरास्ववियुले निजी विद्यालयहरुले शुल्क उठाएको पाईएमा कडा रुपमा सडक आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech