वि.पी.राजमार्ग पुनर्निर्माण गर्न नेपाल सरकार र जाईका आफ्नै तरिकाले अध्यायन गर्दै

375 Shares

वि.पी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि द्विपक्षीय अध्ययन भइरहेको छ।असोज ११ र १२ गतेको भिषण वर्षापछिको बाढी तथा पहिरोका कारण क्षतविच्छेद भएको वि.पी राजमार्ग पुन निर्माणका लागि सरकारी टोली र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को टोलीले आ आफ्नै किसिमले अध्ययन गरिरहेको सडक डिभिजन कार्यालय भक्तपुरका सूचना अधिकारी ईन्जिनियर सुमन राज बस्नेतले जानकारी दिए ।
उनका अनुसार सडक डिभिजन कार्यालय भक्तापुरको टोलीले पनि सर्भे गरि रहेको र जाइकाको टोलीले पनि अध्ययन गरिरहेको छ ।जाइकाले एक महिनाभित्र अध्ययन सकिने जनाएको छ भने सरकारी टोली कार्तिक मसान्तभित्र सर्भे सकाउने तयारी स्वरुप काम गरि रहेको उनले बताए । 
नेपाली सरकारी टोलीले स्थलगत अध्ययन थालेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए । उनका अनुसार सरकारी टोलीले अध्ययन सकेपछि अध्ययन प्रतिवेदन जाइकालाई बुझाउने र जाइकाको निर्देशन अनुसार नै जाईकाको मोडलमा स्थायी सडक निर्माण गर्ने छ।असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण वि.पी राजमार्ग अन्तर्गत चौकी डाँडा कालढुंगा सडकखण्डको करिब आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको थियो।संघीय राजधानीलाई पूर्वि तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दुरीको वि.पी.राजमार्ग भिषण वर्षापछि जिर्र्ण भएको छ ।
सरकारले जोडबल लगाएर तत्कालका लागि अस्थायी रूपमा सडक सञ्चालनमा ल्याए पनि समय समयमा वर्षा हुँदा यो सडक खण्डमा सवारी साधन सञ्चालन गर्न कठिन हुने गरेको यातायात व्यावसायीहरु बताउँछन्।कहिले अस्थायी सडकमा खोला पस्ने,कहिले पहिरो खस्ने लगायतका समस्याले सवारी दुर्घटनाको जोखिम बढ्नुका साथै जोखिमपुर्ण यात्रा गर्न यात्रुहरु बाध्य भएका ट्राफिक प्रहरीको भनाई छ।
बर्दिबास धुलिखेल करिब एक सय ६० किलोमिटर लामो यो राजमार्ग सन् २००५ देखि सन् २०१५ मा जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको हो।२०७२ सालको भूकम्पमा करिब पाँच स्थानमा यो सडक भासिएको थियो।त्यतिबेला जापान सरकारले १८ महिना लगाएर पुनर्निर्माण गरि दिएको थियो ।
यो सडक बनाउन २÷३ वटा विकल्प प्रयोग गर्ने गरी अध्ययन गर्नुपर्ने भएकाले ठुलो रकम खर्चिनुपर्ने देखिएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बताए।उनका अनुसार नदीले कटान गरेको स्थानमा भित्तो नकाटी पुल बनाएर अथवा पर्खाल लगाएर पुनर्निर्माण गर्नुपर्ने र त्यसका लागि करिब रु साढे सात अर्ब लाग्ने विभागले अनुमान गरेको छ ।
 राजमार्ग निर्माणका लागि ठुलो रकम लाग्ने भएपछि नेपाल सरकारले तत्काल स्रोत जुटाउन नसक्ने भएकाले जाईकाको मुख ताक्नु पर्ने अवस्था सृजना भएको स्रोतको भनाई छ । तर जाईकाले अध्यायन थालेको भएपनि सडक पुन निर्माणमा त्यति चासो नदेखाएको पाइएको छ ।

सम्बन्धित समाचार