Close This

जसपाका प्रदेश कमिटि सदस्य लाेसपामा प्रवेश,चुनावकाे मुखमा जसपालाई ठुलाे झड्का

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१२ गते   १३३३ पटक हेरिएको

जनता समाजवादी पार्टी (जसपा)का प्रदेश कमिटि सदस्य सहित सयाैँ जना लाेकतान्त्रीक समाजवादी पार्टी(लाेसपा) मा प्रवेश गरेका छन् । 
ईश्वरपुर नगरपालिका ९ मा प्रदेश तथा प्रतिनिधि सभाकाे निर्वाचन मंसिर ४ लक्षित चुनावी अभियानकाे क्रममा जसपाका प्रदेश कमिटि सदस्य याेग नारायण चाैधरीकाे नेतृत्वमा करिब २ सय जना जसपा छाडी लाेसपामा प्रवेश गरेका हुन ।
लाेसपा,नेपाली कांग्रेस,नेकपा(माओवादी केन्द्र),नेकपा(एकीकृत समाजवादी) पार्टी सहितकाे पाँच दलिय गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका साझा उम्मेद्वार राम प्रकाश चाैधरीकाे चुनावी अभियान चलि रहेकाे समयमा याेग नारायण सहित करिब २ सय जना लाेसपामा प्रवेश गरेपछि जसपालाइ चुनावकाे मुखमा ठुलाे झड्का लागेकाे छ ।
यर अघि जसपाबाट प्रतिनिधि सभा सदस्यमा प्रमाेद कुमार साहले जित्का भए पनि जनताका चाहना अनुसार काम नगरि जसरी पनि कमाउने साेचमा लागेका कारण आफुलाई त्याे कुरा चित्त नबुझेपछि  आफू सहित करिब २ सय जना लाेसपामा प्रवेश गरेकाे याेगनारायणले बताए । उनकाे प्रवेशले आफुलाई चुनाव जित्न थप मद्दत पुगेकाे राम प्रकाशले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech