ई.प्र.का.लालबन्दीका प्रमुख प्रहरी निरिक्षक कार्की प्रहरी नायव उपरिक्षकमा बढुवा

910 Shares

दुर्गा कुमारी अधिकारी
 सर्लाहीको लालबन्दीमका रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्ताराम कार्की प्रहरी नायब उपरीक्षक पदमा बुढुवा भएका छन् । ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक कार्की प्रहरी नायब उपरीक्षक पदमा बुढुवा भएका हुन ।
गृह मन्त्रालय प्रहरी कर्मचारी प्रशासन शाखा सिंहदरबारको पत्र अनुसार गृह मन्त्रालयको सचिवस्तरको चैत्र ८ गतेको निर्णय अनुसार प्रहरी निरिक्षक कार्की आजैबाट लागु हुने गरी प्रहरी नायब उपरीक्षक पदमा बुढुवा भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदीले जानकारी दिए ।
उनका अनुसार प्रहरी निरिक्षक कार्की प्रहरी नियमावली २०७१(संशोधन सहित) को नियम १२९ को उपनियम २ बमोजिम प्रहरी नायब उपरीक्षक पदमा बुढुवा भएका हुन । उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुवेदीले प्रहरी नायव उपरिक्षक(डिएसपी)को दर्जानी चिन्ह लगाई दिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कैलाश राईले जानकारी दिए ।
२०५१  सालबाट प्रहरी सेवामा प्रवेश गरेका कार्की २०८० मा अनिवार्य अवकाश हुदैछन् । उनि ईलाका प्रहरी कार्यालय लालबन्दीमा २०७९ बैशाख ७ गते कार्यालय प्रमुखको रुपमा आएका थिए । भद्र स्वाभावका प्रहरी निरक्षक कार्की लामो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका थिए ।

सम्बन्धित समाचार