राँगाले हान्दा उछिट्टिएरमोटरसाईकलमा सवार साहको ज्यान गयो

202 Shares

सर्लाहीको पर्सा गाउँपालिका–१ शितलपुरमा मोटरसाइकलमा सवार एक महिलाको राँगाले हानेर मृत्यु भएको छ।श्रीमान र छोरीसँगै प्रदेश २–०२–००४ प ४१६२ नम्वरको मोटरसाइकलमा सवार रहेका उनीहरु हुलाकी सडक हुँदै महोत्तरीतर्फ जानेक्रममा हर्दी खोलाको पुल नजिकै राँगाले हान्दा हरिपुर्वा नगरपालिका–४ डुमरियाकी अन्दाजी ४० वर्षीया पुनम कुमारी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार यात्रा गरिरहेका बेला सडकमा हिडिँरहेको राँगाले हान्दा पुनमदेवी उछिट्टिएर भुइँमा लडेपछि उनलाई उपचारका लागि जानकी एकेडेमी अस्पताल महोत्तरीमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।प्रहरीका अनुसार दुर्घटनामा परेका मोटरसाइकल चालक एवम मृतकको श्रीमान सत्यनारायण र नौ वर्षिया छोरी बन्धना कुमारी साह भने सुरक्षित रहेकी छन् । 

सम्बन्धित समाचार