Close This

सर्लाहीमा १ जनामा आरडिटी टेष्ट रिपोर्ट पोजेटिभ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-५ गते   ५५८ पटक हेरिएको

 सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक किशोरमा र्यापिड डाइग्नोष्टिक टेष्ट(आरडिटी) रिपोर्ट पोजेटिभ आएको छ ।
 शुक्रबार दिउँसो आरडीटी किटमार्फत परीक्षण गर्दा १४ वर्षीय किशोरमा कोरोना भाईरस पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो । उहाँलाई उनलाई शुक्रबार साँझ नै प्रादेशिक अस्पताल जनकपुर पठाईएको बताउनु भएको छ । उनीसँगै क्वारेन्टाईनमा राखिएका अर्का एकजनालाई पनि जनकपुर नै पठाईएको प्रजिअ जिसीले बताउनु भयो । जनकपुरमा दुवैजनाको पीसीआर टेष्ट हुनेछ । र्यापिडमा पोजेटिभ देखिएपनि पीसीआर टेष्ट नगरी कोरोना भाईरस ((कोभिड–१९) पुष्टी हुँदैन । धेरैजसो र्यापिड टेष्ट पोजेटिभ देखिएकाहरुमा पीसीआर टेष्टले नेगेटिभ देखाईरहेको छ ।

प्रजिअ जिसीका अनुसार धनकौल निवासी ती किशोर १४ दिनअघि दिल्लीबाट आएको र आउने वितिकै प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राखेको थियो ।उनि भारतको दिल्लीमा ब्याग फ्याक्ट्रीमा काम गर्ने कामदार हुन । गौरबाट नेपाल छिरेर घर आउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राखेको प्रजिअ जिसीले बताउनु भयो। 

सर्लाहीका विभिन्न स्थानीय तहमा क्वारेन्टाईनमा राखिएका ६६ जनाको र्यापिड टेष्ट गरिसकिएको र ६५ जनाको नेगेटिभ देखिएपनि पहिलो पटक किशोरमा पोजेटिभ आएको हो । हालसम्म लालबन्दी,चन्द्रनगर, हरिपुर, कौडेना, लगायतका स्थानमा क्वारेन्टाइनमा बसेकाहरुको ¥यापिड टेष्ट गरिएको छ । क्वारेन्टाईनमा बसेको १४ दिन नाघेकाहरुलाई क्रमशः र्यापिड टेष्ट गरिने प्रजिअ जिसीले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech