संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिव सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरुको एकैपटक सरुवा गरेको हो ।
सरुवा हुनेमा निजामती किताबखानामा रहेका सहसचिव टोकराज पाण्डेयलाई अर्थ मन्त्रालय, संघीय मामिलाका प्रदीपराज अधिकारी सन्चार मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै, नुरहरी खतिवडा आदिवासी जनजाति आयोगबाट सरुवा भएका छन् । ध्रुवराज पण्डित भूमि व्यवस्था मन्त्रालयमा सरुवामा पुगेका छन् ।
त्यस्तै, रामकुमार महतो जाजरकोटको प्रमुख जिल्ला अधिकारीबाट संघीय मामिला, आस्मान तामाङ अख्तियारमा पुगेका छन् । त्यस्तै, तीर्थराज भट्टराई बागमती प्रदेशमा, ज्ञानराज सुवेदीलाई राष्ट्रिय सतर्कता केन्द्रबाट भौतिक मन्त्रालयमा सरुवा भएका छन। त्यस्तै, यमलाल भुसाल राष्ट्रिय योजनामा, सुनिल पौडेल भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनी पुगेका छन् भने अमृत श्रेष्ठलाई बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरुवा भएका छन् ।
त्यस्तै, रामकृष्ण पुडासैनी मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा, इन्दु घिमिरे हुलाक सेवा विभागबाट महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएकी छिन् ।
त्यस्तै, रामकृष्ण लामिछाने महिला बालबालिकामा, रमेशकुमार सिंहको सिक्टा सिँचाइबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरुवा भएको छन् । त्यस्तै, मोहनराज चापागाईँ कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट संघीय मामिलाको अतिरिक्त समूहमा सरुवा भएका छन् भने श्यामकृष्ण थापा पोखरा महानगरपालिकाको प्रशासकीय अधिकृत भएर गएका छन् । त्यस्तै, वीरेन्द्र भारती पोखराबाट ललितपुर महानगरपालिका पुगेका छन् ।
ललितपुर महानगरका गणेश अर्याल गृहमन्त्रालयमा सरुवा हुँदा नवीनराज सिंह कोशी प्रदेशको सिँचाइ मन्त्रालयबाट ऊर्जामन्त्रालय सिंहदरबारमा सरुवा भएका छन् । श्ंकर पण्डित सहरी विकास मन्त्रालय, निराजन घिमिरे लुम्बिनीको मुख्यमन्त्री कार्यालय र नारायणप्रसाद भट्टराई गृह मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै ऊर्जा आयोगका अरुण कुमार झा कोशी प्रदेशको खानेपानी तथा ऊर्जा मन्त्रालयमा सरुवा भएका छन् भने भिष्मकुमार भुसाल बागमतीको सामाजिक विकास मन्त्रालयमा सरुवा भएका छन् ।