मधेश प्रदेशका डीआईजी भट्टराईको मर्यादा र नीति अनुसार चल्न निर्देशन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-२२ गते   ६२८ पटक हेरिएको

गणेश खड्का
नेपाल प्रहरी संगठनको मर्यादा र नीति अनुसार चल्न मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराईले प्रहरी कर्माचारीहरुलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षणमा आएका मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भट्टराईले शान्ति, सुरक्षाको अवस्थाबारे जानकारी लिनुका साथै नेपाल प्रहरी संगठनको मर्यादा र नीति अनुसार चल्न प्रहरी कर्माचारीहरुलाई निर्देशन दिएका हुन ।
जिल्लाका खुल्ला सीमाबाट हुने भन्सार छली,चोरी तस्करी नियन्त्रणमा लाग्न जिल्लाका प्रहरी युनिटका प्रमुखहरुलाई उनले कडा निर्देशन दिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दिपेन्द्र पन्जियार थारुले जानकारी दिए । 
उनका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षणमा आएका मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भट्टराईले जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख,इलाका प्रहरी  कार्यालयहरुका प्रमुखहरु तथा मातहतका प्रहरी चौकीका प्रमुखहरुबाट बिफ्रिङ  पनि लिएका छन् ।प्रदेश प्रहरी प्रमुख भट्टराईले प्रहरीका काम,कारवाही र समग्र जिल्लाको शान्ति,सुरक्षाको अवस्थाबारे पनि चासो राखेका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech