लालबन्दी ९ कांग्रेसको कृयाशील सदस्यता नवीकरण अभियान सुरु

661 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ९ मा नेपाली कांग्रेसले औपचारिक रूपमा कृयाशील सदस्यता नवीकरण अभियान सुरु गरेको छ।एक महिना भित्रमा वडा भित्र सबै कृयाशील सदस्यता नवीकरण गर्ने,नयाँ सदस्यता आव्हान गर्ने,घुम्ती बैठकको व्यवस्था गर्ने र बृहत् भेलाको आयोजना गर्ने तयारी गर्दै कृयाशील सदस्यता नवीकरण अभियान सुरु गरिएको लालबन्दी नगरपालिका ९ का वडा सभापति नारायण अधिकारीले जानकारी दिए।

उनका अनुसार  यस प्रकारका अभियानहरुले संगठनलाई बलियो बनाउनुका साथै पार्टीलाई स्थानीयस्तरमा अझै प्रभावकारी बनाउने साथै“घुम्ती बैठक र बृहत भेलाले कार्यकर्ताहरू माझ एकता र सक्रियता ल्याउने बताए।नेपाली कांग्रेसका वडास्तरीय नेता तथा सक्रिय कार्यकर्ता र कांग्रेसका सदस्यहरूको उपस्थितिमा बैठक गरी अभियान सुरु गरिएको हो।संगठनात्मक सुदृढीकरणका लागि पारदर्शिता,सामूहिक सहभागिता र नियमितता कायम राख्दै काम गर्नुपर्नेमा बैठकमा सहभागीहरुले जोड दिएका सभापति अधिकारीले बताए।वडास्तरीय बैठक र भेलाहरूले पार्टीको दीर्घकालीन रणनीतिमा टेवा पु¥याउने कांग्रेसका नेताहरुले विश्वास लिएका छन् ।

सम्बन्धित समाचार