सर्लाहीका २० वटा पालिकाहरुका लागि करिब २१ हजार बोरा युरिया र करिब पाँच हजार बोरा डिएपी मल वितरण सुरु गरेको छ।कृषि सामाग्री कम्पनी लिमिटेड नवलपुर सर्लाहीले २० हजार नौ सय ८० बोरा सुरिया र चार हजार चार सय ७६ बोरा डिएपी मल वितरण गर्न सुरु गरेको हो ।११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा स्थानीय तहका दुई सय १० वटा वडाका डिलहरुबाट कृषि सामाग्री कम्पनी लिमिटेड नवलपुर सर्लाहीले २० हजार नौ सय ८० बोरा युरिया र चार हजार चार सय ७६ बोरा डिएपी मल वितरण सुरु गरेको कार्यालय प्रमुख सरोज कुमार खनाल ले जानकारी दिए।

उनका अनुसार लालबन्दी नगरपालिकाका लागि एक हजार चार सय ६० बोरा युरिया र दुई सय ९८ बोरा डिएपी गरि एक हजार सात सय ५८ बोरा,हरिवन नगरपालिकाका लागि एक हजार चार सय २० बोरा युरिया र दुई सय ९० बोरा डिएपी गरी एक हजार सात सय १० बोरा,बागमती नगरपालिकाका लागि एक हजार तीन सय ६० बोरा युरिया र दुई सय ८० बोरा डिएपी गरी एक हजार छ सय ४० बोरा,बरहथवा नगरपालिकाका लागि दुई हजार एक सय २० बोरा युरिया र चार सय ३४ बोरा डिएपी गरी कुल दुई हजार पाँच सय ५४ बोरा,हरिपुर नगरपालिकाका लागि नौ सय ८० बोरा युरिया र दुई सय बोरा डिएपी गरी एक हजार एक सय ८० बोरा,इश्वरपुर नगरपालिकाका लागि एक हजार छ सय ६० बोरा युरिया र तीन सय ३८ बोरा डिएपी गरी एक हजार नौ सय ९८ बोरा,हरिपुर्वा नगरपालिकाका लागि आठ सय ८० बोरा युरिया र एक सय ७८ बोरा डिएपी गरी एक हजार ५८ बोरा,पर्सा गाउँपालिकाका लागि छ सय २० बोरा युरिया र एक सय २६ बोरा डिएपी गरी सात सय ४६ बोरा,ब्रम्हपुरी गाउँपालिकाका लागि नौ सय ४० बोरा युरिया र एक सय ९० बोरा डिएपी गरी एक हजार एक सय ३० बोरा,चन्द्रनगर गाउँपालिकाका लागि एक हजार एक सय ८० बोरा युरिया र दुई सय ४० बोरा डिएपी गरी एक हजार चार सय २० बोरा,कविलासी नगरपालिकाका लागि एक हजार तीन सय ४० बोरा युरिया र दुई सय ७६ बोरा डिएपी गरी एक हजार छ सय १६ बोरा,चक्रघट्टा गाउँपालिकाका लागि छ सय ८० बोरा युरिया र एक सय ४० बोरा डिएपी गरी आठ सय २० बोरा,बसबरिया गाउँपालिकाका लागि आठ सय ८० बोरा युरिया र एक सय ८२ बोरा डिएपी गरी एक हजार ६२ बोरा,धनकौल गाउँपालिकाका लागि सात सय ४० बोरा युरिया र एक सय ५२ बोरा डिएपी गरी आठ सय ९२ बोरा,रामनगर गाउँपालिकाका लाग छ सय ८० बोरा युरिया र एक सय ४० बोरा डिएपी गरी आठ सय २० बोरा,बलरा नगरपालिकाका लागि एक हजार चार सय ४० बोरा युरिया र दुई सय ९४ बोरा डिएपी गरी एक हजार सात सय ३४ बोरा,गोडैता नगरपालिकाका लागि एक हजार चार सय बोरा युरिया र दुई सय ८८ बोरा डिएपी गरी एक हजार छ सय ८८ बोरा,विष्णु गाउँपालिकाका लागि सात सय ८० बोरा युरिया र एक सय ६० बोरा डिएपी गरी नौ सय ४० बोरा,कौडेना गाउँपालिकाका लागि पाँच सय बोरा युरिया र एक सय चार बोरा डिएपी गरी छ सय चार बोरा तथा मलंगवा नगरपालिकाका लागि आठ सय २० बोरा युरिया र एक सय ६६ बोरा डिएपी गरी नौ सय ८६ बोरा कोटा निर्धारण भई आएको र सोही अनुसार वितरण भई रहेको कार्यालयले जनाएको छ ।